CG Electronics
IME Life
NIMB

कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण राष्ट्रलाई मधेशले धान्न सक्छ : मन्त्री क्षेत्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

जनकपुर । जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मर्यादित सहकारी : समुन्नत समाज’ नाराका साथ बुधबार जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस २०८१ मनाइएको छ । सो क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा प्रभातफेरि तथा रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बोल्दै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेश प्रदेशमा कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण नेपाललाई पुग्ने गरी अन्न उत्पादन गर्न सकिने बताएका छन् । मन्त्री क्षेत्रीले किसानहरुलाई सिचाइको सुविधा प्रदान गर्न मिसनको रुपमा आफ्नो मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

उनले किसानको खेतसम्म बोर्डिङ र विद्युत सहज रुपमा पुर्याउन मात्र सके कृषिजन्य वस्तुको उत्पादनमा दोब्बर बढोत्तरी हुने जनाए । चुरे विनास र विश्व भरि जलवायु परिवर्तनको असरले गर्दा समयमा पानी नपर्ने भएकाले चुरे संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको उनले बताए ।

मन्त्री क्षेत्रीले समाजको उत्थान र समाजिक परिवर्तनका लागि सहकारीले राम्रो भूमिका निर्वाह गरिरहेको बताए । उनले गाउँघरका किसानका लागि सहकारी बरदान सावित भएकोमा सहकारीलाई धन्यवाद दिए । पुरुष भन्दा महिलाहरुको सहकारीमा सहभागीता बढि देखिएकोले महिलाहरुको भूमिका सराहनीय रहेको उनको भनाई थियो ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...