CG Electronics
IME Life
NIMB

कुमारी बैंकले २४औं वार्षिकोत्सव मनायो, ग्राहकलाई आभार र सांस्कृतिक पहिचानलाई प्रोत्साहन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरूको आयोजनाबीच धूमधामले मनाएको छ। यस अवसरमा बैंकले आफ्ना ग्राहक, शुभचिन्तक तथा सम्पूर्ण सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्मचारीहरूलाई आफ्नो सांस्कृतिक परम्परा अनुसार “परम्परागत भेषभूषा” लगाउन प्रेरित गरेको छ। यसबाट संस्थागत एकताका साथै सांस्कृतिक विविधतालाई सम्मान गर्ने बैंकको प्रयास झल्किएको छ। साथै, “बिबिधतामा एकता”को भावना बढाउँदै रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ, जसले सामाजिक दायित्व पूर्तिमा बैंकको भूमिका रेखाङ्कित गरेको छ।

२४ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाईमार्फत अत्याधुनिक सेवा पुगाउँदै आएको छ। बैंकले भविष्यमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा दिने प्रतिवद्धता जाहेर गरेको छ।

यसरी कुमारी बैंकले आर्थिक सेवासँगै सामाजिक र सांस्कृतिक जिम्मेवारी पूरा गर्ने अभियानलाई अगाडि बढाउँदै आफ्नो वार्षिकोत्सव मनाएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...