CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा उल्लेख्य वृद्धि देखिएको छ ।

बैंकको निक्षेप संकलन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा ५९.०६ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष सो बढेर ६१.८९ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपसँगै कर्जा प्रवाह पनि बढेको छ । अघिल्लो वर्ष ४५.९८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस त्रैमासमा कर्जा प्रवाह ४९.४७ अर्ब रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ भने कुल सम्पत्ति ७०.२७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कुल सम्पत्ति ६७.१९ अर्ब रुपैयाँ थियो ।

 

 

बैंकको गैर–सञ्चालक कर्जा (एनपीए) अनुपात ३.५५ प्रतिशतबाट वृद्धि भई ४.२७ प्रतिशत पुगेको छ । यद्यपि, बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने १०४.६४ प्रतिशत रहेको छ, जुन बैंकको जोखिम व्यवस्थापन क्षमताको सूचक हो ।

बैंकले ब्याजदरको चाप, बढ्दो बजार प्रतिस्पर्धा र साइबर सुरक्षाका चुनौतीहरूबीच पनि व्यवसाय विस्तार गर्न सफल भएको जनाएको छ । हाल बैंकको देशभर १३० वटा शाखा छन्, जसबाट डिजिटल प्रविधिमार्फत विभिन्न वित्तीय सेवा प्रदान गरिँदै आएको छ ।

बैंकले अघिल्लो वार्षिक साधारणसभाबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ । अहिले उक्त प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रक्रियामा रहेको छ ।

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा...

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०३

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:००

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच...