Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासमा २८.८९ प्रतिशतले नाफा वृद्धि, ईपीएस १२.६५ रुपैयाँमा सुधार

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गर्दै खुद नाफा २८.८९ प्रतिशतले बढाएको छ। बैंकले समीक्षाधीन अवधिमा १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

 

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १०.४१ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ५२.७६ प्रतिशत बढेर २ अर्ब ५ करोड ७८ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १३.०६ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ रहेको छ ।

 

 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक थियो ।

फागुनसम्म बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ र जगेडा कोष १०.५१ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ६.९४ प्रतिशतश बढेर १ खर्ब ६९ करोड ६५ लाख ९० हजार रुपैयाँ र कर्जा लगानी १०.९४ प्रतिशत बढेर १ खर्ब ४० अर्ब ६१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.८४ रुपैयाँ बढेर १२.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६.२ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.५९ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.६८ प्रतिशत थियो ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:११

  काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनीहरू...