CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासमा २८.८९ प्रतिशतले नाफा वृद्धि, ईपीएस १२.६५ रुपैयाँमा सुधार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गर्दै खुद नाफा २८.८९ प्रतिशतले बढाएको छ। बैंकले समीक्षाधीन अवधिमा १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

 

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १०.४१ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ५२.७६ प्रतिशत बढेर २ अर्ब ५ करोड ७८ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १३.०६ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ रहेको छ ।

 

 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक थियो ।

फागुनसम्म बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ र जगेडा कोष १०.५१ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ६.९४ प्रतिशतश बढेर १ खर्ब ६९ करोड ६५ लाख ९० हजार रुपैयाँ र कर्जा लगानी १०.९४ प्रतिशत बढेर १ खर्ब ४० अर्ब ६१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.८४ रुपैयाँ बढेर १२.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६.२ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.५९ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.६८ प्रतिशत थियो ।

 

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...