CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकको ७५९.५६ प्रतिशतले ऐतिहासिक छलाङ, नाफा ९६.१८ करोड रुपैयाँ

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.६० प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको ९ महिनाको अवधि (आश्विनदेखि चैत मसान्तसम्म) मा खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले वृद्धि भई ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १४.८९ प्रतिशतले बढेर ५ अर्ब ९७ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा भने २८.३४ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ।

विशेष ध्यान खिच्ने पक्ष भनेको बैंकको वितरणयोग्य नाफामा भएको ७५९.५६ प्रतिशतको ठूलो छलाङ हो। यो नाफा बढेर १६ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको फागुनमा १ करोड ८९ लाख रुपैयाँ मात्र थियो।

चालु आवको फागुन मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ४ प्रतिशतले बढेर १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १२.८३ प्रतिशतले वृद्धि भई ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ भएको छ।

त्यस्तै, बैंकको निक्षेप संकलन ५.१३ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९.४० प्रतिशतले बढेर १ खर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (EPS) २.६९ रुपैयाँ घटेर ८.६८ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात (NPL) भने बढेर ५.७१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको फागुनमा ३.७६ प्रतिशत मात्र थियो।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...