CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकको खुद नाफा १५.६७ करोड रुपैयाँ

NIMB
Himalayan Bank

 

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ९१.८१ प्रतिशत घटेर
१५ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेर ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेर ९६ करोड ८१ लाख रुपैयाँ, सञ्चालन नाफा ६४.४० प्रतिशत घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत घटेर ९ अर्ब १९ करोड २२ लाख रुपैयाँ रहेको छ ।

 

 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक थियो ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष १.४५ प्रतिशत बढेर १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको छ ।

चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन १६.९५ प्रतिशत घटेर २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ र कर्जा लगानी १३.९४ प्रतिशत घटेर २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँमा झरेको छ ।

बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १५.८९ रुपैयाँ घटेर १.४० रुपैयाँमा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२.८५ रुपैयाँ रहेको छ ।

यसअवधिमा बैंकको खराब कर्जा ५.७५ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.०८ प्रतिशत थियो ।

 

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...