CG Electronics
IME Life
Ncell NPL

एनआईएमबिको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेर १० अर्ब ३१ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशत १ अर्ब ५२ करोड ११ लाख रुपैयाँ, सञ्चालन नाफा २२.२६ प्रतिशत बढेर ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.६४ प्रतिशत घटेर १२ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

 

 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा ५ अर्ब ८ करोड १६ लाख रुपैयाँ ऋणात्मक थियो ।

फागुनसम्म बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ र जगेडा कोष १८.४५ प्रतिशत बढेर ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन १३ प्रतिशत बढेर ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ र कर्जा लगानी ७.३१ प्रतिशत बढेर ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ४.९४ रुपैयाँ बढेर १७.७४ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ११.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ ।

यसअवधिमा बैंकको खराब कर्जा ६.०६ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ४.६६ प्रतिशत थियो ।

फागुनसम्ममा बैंकको रिटर्न इक्विटी (आरओई) ९.६७ प्रतिशत र रिटर्न अन एसेट १.१६ प्रतिशत थियो ।

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४२

  काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद...

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली बजारमा सार्वजनिक

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको...