CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशत बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढी हो।

तर, बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। फि तथा कमिशन आम्दानी १७.३० प्रतिशतले बढ्दै २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३४.४१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ। कुल सञ्चालन आम्दानी भने ०.६१ प्रतिशतले घटेको छ।

फागुन मसान्तसम्म बैंकको चुक्ता पुँजी ५.५० प्रतिशतले बढेर ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १०.७७ प्रतिशतले बढ्दै २८ अर्ब २० लाख रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप संकलन ६.२० प्रतिशतले बढेर ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ११.८७ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी ३.६६ रुपैयाँले वृद्धि भई १५.८६ रुपैयाँ पुगेको छ, मूल्य आम्दानी अनुपात १३.७९ गुणा र प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४.७४ प्रतिशत भन्दा थोरै बढी हो।

 

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...