IME Life
NIMB

यस्ता छन् डन्डिफोर हटाउने घरेलु उपाय

NIMB
Himalayan Bank

सुन्दर देखिन को नचाहला र । तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ । सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

मह

महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

ल्वाङ

डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।

केराको बोक्रा

केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

चन्दन पाउडर

चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने।

बाफ लिने

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

गोलभेँडा

गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।

साभार : स्वास्थ्य खबर पत्रिका

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ जना बिरामीलाई निःशुल्क सेवा प्रदान

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५२

  काठमाडौँ । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको...

वि.सं.२०८३ जेठ २० बुधवार १५:४२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण...

वि.सं.२०८२ चैत १८ बुधवार ०८:२२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८२ पुस ६ आइतवार २३:२०

  काठमाडौँ, ६ पुस। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२/०९/०६ को अवसरमा...

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को...

वि.सं.२०८२ कात्तिक ५ बुधवार १४:३१

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा...