CG Electronics
IME Life
NIMB

नेपाली चियाको प्रबर्द्धनका लागि दिर्घकालीन सोचका साथ अघि बढन अवश्यक छ : कृषिमन्त्री अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बैशाख १५ , काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको वताउनुभएको छ ।

२९ औ रास्ट्रीय चिया दिवसका अवसरमा रास्ट्रीय चिया तथा कफी विकास बोर्डले आज ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विभिन्न चुनौतीहरुका बिच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा रहेको छ , यो चिया कृषक , मजदुर , उधोगी व्यवसायी ,सहकारी र सरकारको सामुहिक प्रयासबाट सम्भव भएको हो , भन्नुभयो ।

मुलुकको व्यापारघाटा चुलिदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन ,भारत सहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ भन्ने देखाएको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।

बजारीकरणका लागि नेपाली चियाले अझै चुनौतीहरुको सामना गर्नुपरीरहेको सुनिएको छ , आगामी दिनमा यी चुनौतीहरुको समाधान निकाल्दै चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अधि बढ्न मन्त्री अधिकारीले वोर्डलाई निर्देशन दिनुभयो ।

मन्त्री अधिकारीले चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको वोर्डलाई श्रोत साधन सम्पन्न बनाई ,नितिगत समस्याहरुलाई फुकाउन मन्त्रालय तयार रहेको छ , भन्नुभयो ।

आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने ,नयाँ बजारको पहिचान गर्ने , चियालाई पर्यटन संग जोड्ने र युवा तथा महिला उधमीलाई चियामा आक्रषित गर्ने गरि कार्यक्रम ल्याईने जानकारी मन्त्री अधिकारीले दिनुभयो।

कार्यक्रममा वोर्डका अध्यक्ष तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा. गोविन्द प्रसाद शर्माले सबैको सामुहिक प्रयास मार्फत नेपालको चियाले महत्वपूर्ण स्थान बनाएकाले आगामी दिनमा यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...