CG Electronics
IME Life
Ncell NPL

कर्जा सुरक्षण सम्झौतामा हस्ताक्षर, कृषि र यातायात क्षेत्रमा लगानी प्रवर्द्धन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडबीच कृषि र यातायात सेवा सम्बन्धी व्यवसाय अन्तर्गतको कर्जा सुरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौतामा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र अग्नी हायर पर्चेजका महाप्रबन्धक अरुण राज उपाध्यायले हस्ताक्षर गर्नुभएको हो। कार्यक्रमको अवसरमा दुवै संस्थाका विभागीय प्रमुखहरु मन्दिरा थपलिया र विराट काजी राउतको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार, अग्नी हायर पर्चेजले स्वरोजगार तथा व्यवसाय प्रवर्द्धनका लागि यातायात सेवा खरिदमा प्रवाह गरेको अधिकतम ३ करोड रुपैयाँ र व्यवसायिक कृषि उपकरण खरिदका लागि प्रवाह गरिएको अधिकतम ३ करोड रुपैयाँसम्मको कर्जा कोषबाट सुरक्षण गरिनेछ।

कर्जा असुली असम्भव भएको अवस्थामा, कोषले दाबी भइसकेपछि अधिकतम ८० प्रतिशतसम्म भुक्तानी दिने व्यवस्था रहेको छ।

यस सम्झौता मार्फत कोषले व्यवसाय विस्तारलाई नयाँ आयाम दिएको छ। अन्य हायर पर्चेज कम्पनी, बैंक तथा वित्तीय संस्थाहरूलाई समेत व्यवसाय विस्तारमा प्रेरणा मिल्ने विश्वास लिइएको छ। साथै, कृषि तथा यातायात क्षेत्रमा लगानी गर्न चाहने युवा उद्यमीहरूलाई कर्जा प्राप्त गर्न थप सहजता हुने अपेक्षा गरिएको छ।

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

चितवन अटो शो २०२६ मा फोटोन नेपालको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:४८

  काठमाडौँ। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशव्यापी विस्तारको घोषणा

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:२३

  काठमाडौं । नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई अझ गुणस्तरीय...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...