Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ। यो सम्मेलन भोली २७ फागुनसम्म जारी रहनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको यस सम्मेलनको नारा छ, “उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन।”

यस सम्मेलनको एक महत्वपूर्ण घटनाको रूपमा नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) बीच एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस समझदारी पत्रअनुसार, अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा सहकार्य गरिनेछ। नाडाका अध्यक्ष करण चौधरीले यस समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यस अवसरमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु पेश गरे। उनले नेपालमा रोजगारीको स्थिति, विदेशमा बसाइसराइको प्रवृत्ति, नेपाली विद्यार्थीहरुको विदेश पढाइको प्रवृत्ति, रोजगारीका चुनौतीहरु, अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा दिँदै आएको योगदान, र यस क्षेत्रमा देखिएका चुनौतीहरुबारे तथ्याङ्कगत प्रस्तुती दिए।

यस सम्मेलनमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, र केन्द्रिय कार्य समिति आमन्त्रित सदस्य नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

नाडाले यस सम्मेलनलाई सरकारको हरेक कदममा निजी क्षेत्रलाई सहभागी गराई अघि बढ्ने संकल्पको रूपमा लिएको छ। यसले रोजगारी र श्रमिकहरुको अभिवृद्धिका लागि सरकार र निजीक्षेत्र बीच समन्वयात्मक रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

नाडा र भन्सार विभागबीच बजेट सम्बन्धी छलफल

नाडा र भन्सार विभागबीच बजेट सम्बन्धी छलफल

वि.सं.२०८१ चैत ६ बुधवार २३:५९

  काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) को एक प्रतिनिधि...

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका साथ दिगो प्रतिबद्धता बलियो बनाउदै बीवाईडी

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका...

वि.सं.२०८१ चैत ५ मंगलवार ०९:१५

  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री...

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक...

वि.सं.२०८१ चैत ४ सोमवार ०७:५०

  काठमाडौं। स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्यले जगदम्बा...

पन्चकन्या ग्रुपद्वारा भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली बजारमा लन्च

पन्चकन्या ग्रुपद्वारा भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली...

वि.सं.२०८१ चैत ३ आइतवार २०:३३

काठमाडौं । नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो...

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता...

वि.सं.२०८१ चैत २ शनिवार २१:४२

काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा...