CG Electronics
IME Life
NIMB

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर

NIMB
Himalayan Bank

 

काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ। यो सम्मेलन भोली २७ फागुनसम्म जारी रहनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको यस सम्मेलनको नारा छ, “उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन।”

यस सम्मेलनको एक महत्वपूर्ण घटनाको रूपमा नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) बीच एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस समझदारी पत्रअनुसार, अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा सहकार्य गरिनेछ। नाडाका अध्यक्ष करण चौधरीले यस समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यस अवसरमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु पेश गरे। उनले नेपालमा रोजगारीको स्थिति, विदेशमा बसाइसराइको प्रवृत्ति, नेपाली विद्यार्थीहरुको विदेश पढाइको प्रवृत्ति, रोजगारीका चुनौतीहरु, अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा दिँदै आएको योगदान, र यस क्षेत्रमा देखिएका चुनौतीहरुबारे तथ्याङ्कगत प्रस्तुती दिए।

यस सम्मेलनमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, र केन्द्रिय कार्य समिति आमन्त्रित सदस्य नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

नाडाले यस सम्मेलनलाई सरकारको हरेक कदममा निजी क्षेत्रलाई सहभागी गराई अघि बढ्ने संकल्पको रूपमा लिएको छ। यसले रोजगारी र श्रमिकहरुको अभिवृद्धिका लागि सरकार र निजीक्षेत्र बीच समन्वयात्मक रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...