CG Electronics
IME Life
NIMB

बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी बर्ष बजेट बढ्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट केही बढाउने लक्ष्यसहित बजेट निर्माणमा जुटेको छ । सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेटसंग सम्बन्धित निकाय, मन्त्रालयका सचिव र कर्मचारीहरुसंग छलफल अघि बढाएको छ ।

बजेटको तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले ३१ अर्ब ५९ करोडको अनुमानित सिलिङ मन्त्रालयहरूमा पठाइसकेको बताए । हरेक मन्त्रालयलाई चालु आर्थिक वर्षको बजेटभन्दा शून्य दशमलव ५ देखि ३ प्रतिशतसम्म बढाएर सिलिङ वितरण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ ।

यस पटक कर्णाली प्रदेश सरकारले संघीय सरकारबाट राजश्व बाँडफाड र वित्तीय समानीकरणतर्फको अनुदान बढेपछि सरकारकाले पनि बजेट आकार बढाउने भएको छ । आगामी आर्थिक बर्षका लागि कर्णालीले राजश्व बाँडफाडतर्फ १० अर्ब र समानिकरणतर्फ १० अर्ब र अन्य शीर्षकको गरी करिब २१ अर्बको बजेट सिलिङ पठाएको मन्त्रालयका सचिव रविलाल शर्माले बताए । चालु आर्थिक बर्षमा कर्णालीमा १८ अर्बको सिलिङ प्राप्त भएको थियो ।

बजेट कति बढ्छ भन्ने अहिले नै भन्न नसकिए पछि आगामी बर्ष कर्णालीको बजेट बढेर आउने सचिव शर्माले बताए । चालु आर्थिक बर्षको नौ महिनामा जम्मा २० प्रतिशत मात्र बिकास बजेट कार्यान्वयन गरेको कर्णाली सरकारले आर्थिक बर्षको अन्त्यसम्म ७५ प्रतिशत बजेट कार्यान्वयनको अनुमानमा बजेट बनाउन थालेको सचिव शर्माको भनाई छ ।

‘प्रदेशका मन्त्रालयहरुलाई बजेट सिलिङ दिइ सकेका छौं’, सचिव शर्माले भने, ‘बजेट सिलिङ वितरणका आधारमा आगामी आर्थिक वर्षमा बजेटको आकार बढ्ने आँकलन गरिएको छ ।’

कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवबिक्रम शाहले कर्णालीको समृद्धिमा टेवा पुग्ने गरी बजेट ल्याउने तयारी गरिएको बताए ।

उनले कर्णालीका रणनितिक योजनाहरुलाई बजेटको प्राथमिकतामा राखिने राखि चाडो प्रतिफल दिने योजनाहरुलाई समाबेश गर्ने तयारी गरिरहेको बताए ।

‘कर्णालीको भुगोल सुहाउँदो र छिाटो प्रतिफल ल्याउन सकिने योजनासहित बजेट बनाउन जुटेका छौं’ उनले भने, ‘टुक्रे योजनाहरु निरुत्साहित गरी बजेट छरिएर आउने अवस्था हुन दिने छैनौं ।’ पूर्वाधार निर्माण, रोजगारीमुखी, जनअपेक्षा अनुरुपको बजेट ल्याउने मन्त्री शाहको दावी छ ।

कार्यान्वयन फितलो
कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था भने फितलो देखिएको छ । प्रदेश सरकार गठनको विगत आठ बर्षको बजेट र कार्यान्वयनको अवस्था हेर्ने हो भने पनि सन्तोष जनक देखिँदैन ।

सबै भन्दा बढी बजेट कार्यान्वयन आ.व. ०७७÷७८ मा ६५ प्रतिशत भएको देखिन्छ भने आ. व. ०७५÷०७६ मा सबैभन्दा कम ३६ प्रतिश बजेट कार्यान्वयन भएको छ । सुरुको बर्ष आ.व २०७४÷०७५ को ३ महिनाका लागि बजेट ल्याएको कर्णाली सरकारले जम्मा ७ प्रतिशत मात्र बजेट कार्यान्वयन गरेको थियो ।

बिगत आठ बर्षमा कर्णाली सरकारले ल्याएको बजेट र कार्यान्वयनको अवस्था
आ.व. बिनियोजित बजेट खर्च प्रतिशत
२०७४÷०७५ १ अर्ब २ करोड ५ लाख ७ प्रतिशत
०७५÷०७६ २८ अर्ब २५ करोड २८ लाख ३६.३७ प्रतिशत
०७६÷०७७ ३४ अर्ब ३५ करोड ३७ लाख ७२ हजार ४८ प्रतिशत
०७७÷०७८ ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार ६५.५२ प्रतिशत
०७८÷०७९ ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार ६२.३६ प्रतिशत
०७९÷०८० ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार ६४.५४ प्रतिशत
०८०÷०८१ ३३ अर्ब ३७ करोड ९७ लाख ५ हजार ६०.३४ प्रतिशत
०८१÷०८२ ३१ अर्ब ४१ करोड ४१ हजार २७.६६ (चैत्र मसान्तसम्म)

 

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...