CG Electronics
IME Life
NIMB

अन्तराष्ट्रिय नर्सिङ दिवसः ‘एआइले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन’ डा. साविहा यासमिन

NIMB
Himalayan Bank

 

काठमाडौं । विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको एआईले अन्य पेशालाई असर गरेपनि नर्सिङ पेशालाई कुनै असर गर्न नसक्ने नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डाक्टर साविहा यासमिनले बताउनु भएको छ । आइतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा.यासमिनले स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको नर्सिङ पेशाको विकल्प नै नरहेको जिकीर गर्नुभयो ।

‘बिरामीको सेवा र उपचारमा नर्सहरुको महत्वपूर्ण भूमिका हुन्छ । कुनैपनि स्वास्थ्य सेवाको म्यानेजमेन्ट सिस्टममा नर्सहरु पर्दा पछाडीका हिरो हुनुहुन्छ । बिरामीलाई यतिधेरै केयर गरिदिनुहुन्छ कि तपाईहरुको ठाउँ कुनै डाक्टरले लिन सक्दैनन् । एआइले पनि तपाईहरुको करुणा, माया र हेल्थ केयरलाई रिप्लेस गर्न सक्दैन । डाक्टरहरुको त्यत्ति खोजी हुँदैन जति नर्सहरुको हुन्छ ।’ नर्सहरुले बिरामीको लागि गर्ने स्वास्थ्य सेवा अद्भुत रहेको भन्दै उहाँले भन्नुभयो । डा.यासमिनले नर्सहरुलाई आमाको संज्ञा दिँदै बिरामीको स्वास्थ्य हेरचाहमा नर्सहरुले गर्नुभएको योगदानलाई प्रत्येक बिरामीहरुले धन्यवाद दिनुपर्ने पनि बताउनु भयो । ‘नर्सहरुको काममा कसैसँग तुलना हुन सक्दैन । बिरामीले डाक्टरलाई जसरी धन्यवाद भनेर जानुहुन्छ त्यसरी नै नर्सहरुलाई पनि भन्नुपर्छ ।’

प्रबन्ध निर्देशक डा. यासमिनले हेल्थ केयर सिस्टममा डाक्टहरु मस्तिष्क भए नर्सहरु मुटु रहेको जिकीर गर्नुभयो । ८० प्रतिशत बिरामीहरु नर्सहरुको स्याहारका कारण निको भएर घर जान सकेको बताउँदै जुनदिन नर्स हुँदैनन् त्यही दिन हेल्थकेयर सिस्टम विश्वबाट कोल्याप्स हुने उहाँको दावी छ । ‘८० प्रतिशत बिरामीहरु तपाईहरुका कारण घर गइरहनु भएको छ । जुनदिन नर्सहरु हुनुहुन्न त्यो दिन विश्वभरबाट हेल्थकेयर सिस्टम कोल्याप्स हुन्छ ।’ नेपाल मेडिकल कलेज नर्सिङ सेवालाई सवल, प्रभावकारी बनाउन सदैव सकारात्मक रहेको बताउनु भयो । कलेजले नर्सहरुको क्षमता अभिबृद्धि गर्नका लागि कलेजले समयसमयमा तालिमहरु दिने समेत बताउनु भयो ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा.मोदनाथ मरहठ्ठाले प्रत्येक नर्सहरुले आफुलाई फ्लोरेन्स नाइटेङ्गल बनाउन प्रेरित हुनुपर्ने बताउनु भयो । फ्लोरेन्स नाइटेङ्गलले विश्वकै स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको स्मरण गर्दै आइसियूको सुरुवात पनि फ्लोरेन्स नाइटेङ्गलकै अवधारणा रहेको चर्चा गर्नुभयो । कलेजको स्वास्थ्य सेवामा नर्सहरुले पुर्याउनु भएको योगदानको प्रसंशा गर्दै प्रा.डा. मरहठ्ठाले नर्सहरुको पेशागत हित र व्यवसायिक दक्षता अभिबृद्धिमा कलेज सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कलेजका अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्यायले नर्सहरुप्रति समर्पित कविता वाचन गर्दै नर्सहरुले बिरामीको उपचार र स्याहारमा पुर्याएको योगदानको स्मरण गर्नुभयो । नेपालको सन्दर्भमा नवजात शिशुको मृत्युदर, मातृ मृत्युदर, पोलियो उल्मुलन गर्नुमा समेत स्वास्थ्य परीचारिका (नर्स) हरुमा महत्वपूर्ण भूमिका रहेको भन्दै नर्सहरुले स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो ।

कलेजकी मेट्राेन नविना सिंहले सरकारले नर्सिङ शिक्षाकाे विकास, विस्तार र प्रवर्द्धनमा काम गर्नुपर्ने बताउनु भयाे । विश्वभर नर्सहरूकाे माग भइरहेकाे बेला सरकारले नर्सिङ कलेज बन्द गर्दा दक्ष जनशक्ति अभाव भइरहेकाे जनाउँदै बन्द भएका कलेज खाेल्नुपर्ने उहाँकाे धारणा थियाे । मेट्राेन सिंहले नर्सिङ पेशा व्यवसायिक भन्दा पनि मानव सेवाभाव भएकाे बताउनु भयाे ।

कार्यक्रममा नेपाल मेडिकल कलेजका विगत १५ वर्षदेखि कार्यरत २९ जना नर्सहरुलाई सम्मान समेत गरिएको थियो । कलेजकी प्रबन्ध निर्देशक डा.साविहा यासमिन, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले सम्मान गर्नुभएको थियो ।

अन्तराष्ट्रिय नर्सिङ डेकै अवसरमा कलेजका कार्यरत नर्सहरुले आकर्षक नृत्यसँगै गीत समेत प्रस्तुत गरेका थिए भने नाटक मार्फत नर्सिङ केयरकी जन्मदाता फ्लोरेन्स नाइटेङ्गलको जीवनी प्रस्तुत गरेका थिए । साथै, कलेजमा उपचाररत करिब २ सय बिरामीहरूलाई फलफुल समेत वितरण गरिएकाे छ ।

आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्म १२ मे १८२०मा भएको थियो । उनलाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ । दया र सेवाकी प्रतिमूर्ति नाइटिङ्गेललाई ‘द लेडी विद द ल्याम्प’ (बत्ती लिएकी केटी) भनेर विश्वभर सम्मान गरिन्छ । अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो वर्ष ‘हाम्रा नर्सहरू, हाम्रा भविष्य, नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई सुदृढ बनाउँछ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउँदैछ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...