CG Electronics
IME Life
NIMB

युनिटी भ्वाइस सम्पादक राम खड्का ‘नागरिक क्रिसयन सम्मान’बाट सम्मानित

NIMB
Himalayan Bank

काठमाडौँ । युनिटी भ्वाइसका सम्पादक रामचन्द्र खड्कालाई ‘नागरिक क्रिसयन सम्मान’ प्रदान गरिएको छ। व्यावसायिक पत्रकारितामार्फत सामाजिक जागरणमा उल्लेखनीय योगदान दिएको भन्दै काठमाडौँमा आयोजित विशेष कार्यक्रममा खड्कालाई सो सम्मान प्रदान गरिएको हो।

राजधानीको राष्ट्रिय नाचघर, जमलमा बुधबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई र नागरिक क्रियसनका अध्यक्ष यमबहादुर जिसीले संयुक्त रूपमा सम्मान गरेका थिए। संस्थाका अध्यक्ष जिसीका अनुसार खड्कासहित विभिन्न सामाजिक क्षेत्रमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिएका समाजसेवी, व्यवसायी, पत्रकार लगायतलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा मन्तव्य दिँदै मन्त्री राईले नेपाली पत्रकारिता राजनीतिक दलहरूको प्रभावबाट स्वतन्त्र हुनुपर्नेमा जोड दिए। उनले निष्पक्ष र जनपक्षीय पत्रकारिता नै जनताको पीडा उजागर गर्ने माध्यम भएको स्पष्ट पारे। साथै, पूर्वराजा ज्ञानेन्द्रप्रति संकेत गर्दै अब कुनै पनि हालतमा राजतन्त्र स्वीकार्य नहुने धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन महासचिव विष्णु गिरीले गरेका थिए भने संयोजन नागरिक क्रियसनका उपाध्यक्ष कविन्द्र त्रिपाठीले गरेका थिए। सम्मान र क्यालेन्डर विमोचनपछि बद्री पराजुलीको सांगीतिक साँझ कार्यक्रम सञ्चालन गरिएको थियो।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...