CG Electronics
Ncell NPL
NIMB

राष्ट्रपति पौडेल : मुलुकमा केहि भएन भन्ने भाष्य चिर्दै सकारात्मक पत्रकारिता गर्नुपर्छ

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रलाई मुलुकमा “केहि भएन” भन्ने नकारात्मक भाष्य चिर्दै “केहि भइरहेको छ” भन्ने सकारात्मक धारमा अघि बढ्न आग्रह गर्नुभएको छ।

नेपाल रिपब्लिक मिडियाले शनिबार काठमाडौँमा आयोजना गरेको १६ औं नागरिक सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पत्रकारिताको काम केवल आलोचना मात्र नभई सकारात्मक उदाहरणहरू प्रस्तुत गर्नु पनि रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “केही भएन मात्र भन्नु पत्रकारिताको काम होइन, केही भइरहेको छ भन्ने पनि देखाउनु आवश्यक छ।”

राष्ट्रपति पौडेलले लोकप्रियतावादको बढ्दो प्रभावले सत्यतालाई ओझेलमा पार्न सक्ने खतरा रहेको बताउँदै, नागरिकहरूको आलोचनात्मक चेतनालाई फैलाउन पत्रकारिताले सही र सत्य सूचना प्रवाह गर्नु आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रले खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै, स्वतन्त्र प्रेस बिना लोकतन्त्रको परिकल्पना असम्भव रहेको पनि उल्लेख गर्नुभयो। बीपी कोइरालाको उदाहरण दिँदै राष्ट्रपति पौडेलले लोकतन्त्र र स्वतन्त्र प्रेसबीचको अन्योन्य सम्बन्धलाई स्मरण गराउनुभयो।

प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र नागरिक पत्रकारिता सबल बनेको बताउँदै उहाँले प्रविधिको दुरुपयोग गरी गलत सूचना फैलाउने प्रयासबाट नागरिकहरूलाई जोगाउने जिम्मेवारी जिम्मेवार सञ्चारमाध्यममा रहेको पनि औंल्याउनुभयो।

कार्यक्रममा नन्दादेवी कुँवर, धनश्याम पाठक र पूजा महत्तोलाई नागरिक सम्मान प्रदान गरिएको थियो।

CG Electronics
देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाईतर्फ

देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई...

वि.सं.२०८२ फागुन २३ शनिवार १४:३५

  काठमाडौं । भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि र सुशासनको नारा...

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा अग्रता, अन्य दल पछाडि

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:४३

    काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय...

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह अघि, केपी ओली पछि

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:१६

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)...

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

वि.सं.२०८२ फागुन २३ शनिवार ०८:४८

  काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:१५

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी...

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...