CG Electronics
IME Life
NIMB

नैतिकताको राजनीति नछोड्न प्रमुख प्रतिपक्षीलाई भौतिक मन्त्री दाहालको आग्रह

NIMB
Himalayan Bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिका नाममा नैतिकता नछोड्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ।

नेकपा एमालेको झापा–काठमाडौं सम्पर्क मञ्चले शनिबार च्यासलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा मन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रप्रति लक्षित गर्दै यस्तो आग्रह गर्नुभएको हो।

एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका मन्त्री दाहालले सरकारबाट केही समय बाहिर बस्नुपरेको भन्दै ईमान र नैतिकता नछोड्न अनुरोध गर्नुभयो। “अहिलेको प्रमुख पक्षमा कहाँ नैतिकता छ?” मन्त्री दाहालले प्रश्न गर्नुभयो, “प्रधानमन्त्री र मन्त्रीहरूका बारेमा अनेक भ्रम फैलाउने, सरकार अहिले ढल्छ भोलि ढल्छ भनेर कुप्रचार गर्ने जस्ता काम किन गर्नु पर्यो?”

गणतन्त्रले केही दिएन, व्यवस्थानै खराब भन्ने र नकारात्मकताको प्रचार गर्नेहरूले सिर्जना गरेको भ्रम चिर्न जरुरी रहेको उल्लेख गर्दै, दाहालले ‘मिशन ८४’ को कुरा मात्र नगरी जनतामाझ पुग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो।

पूर्व–पश्चिम राजमार्गलाई एशियाली मापदण्डअनुसार बनाउने काम भइरहेको, हुलाकी, मदन भण्डारी, र मध्यपहाडी राजमार्ग निर्माणमा गति आएको, आगामी दशैंअघि आधुनिक सुरुङ मार्ग सञ्चालनको तयारी भइरहेको, र उत्तर–दक्षिण करिडोरहरूले दुर्गम क्षेत्रसम्म सडक सञ्जाल विस्तार गरेको उल्लेख गर्दै मन्त्री दाहालले भएका उपलब्धिहरू जनतालाई जानकारी गराउन जोड दिनुभयो।

कार्यक्रम मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि सम्बोधन गरेका थिए।

 

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...