CG Electronics
IME Life
NIMB

आफू काेशी प्रदेशमा जन्मिएकाेमा गर्व लाग्छ- कृष्णकुमार शाह

NIMB
Himalayan Bank

 

काेशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयाेजक कृष्णकुमार शाहले काेशी प्रदेशमा जन्मिएकाेमा गर्व लाग्ने बताएका छन् । आज साेल्टी काठमाडाैँमा आयाेजित अन्तरराष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टमा काेशी प्रदेशकाे प्रतिनिधिकाे रूपमा उनले यस्ताे बताएका हुन् ।

`म कहिलेकाहीँ काेशी प्रदेशमा जन्मिएकाेमा गर्व गर्छु । किनभने म सुन्दर काेशिमा जन्मिएकाे हुँ । प्रदेश राजधानी विराटनगरदेखि सगरमाथासम्मै सांस्कृतिक र प्राकृतिक विविधता छन्,´ उनले भने ।

काेशी प्रदेशकाे भ्रमण गर्ने पर्यटकले अर्नाकाे राजधानी भनेर चिनिने काेशीटप्पु वन्यजन्तु आरक्षलगायतका निकुञ्जमा वन्यजन्तु अवलाेकन गर्न सक्छन् ।

मार्टमा मन्तव्य राख्दै शाहले भने, `संसारकाे शीर सगरमाथा लगायत संसारका चाैध सर्वाेच्च शिखरमध्ये पाँचवटा काेशी प्रदेशमा छन्। त्यहाँकाे पर्वतिय पर्यटन संसारकै सबैभन्दा एड्भेञ्चरस् र उत्कृष्ट शिखर पर्यटन हाे ।´

उनले काेशी प्रदेश अन्य प्रदेशकाे तुलनामा सहज यातायात पहुँच भएकाे प्रदेश भएकाे दाबी समेत गरे । उनले भने, `काेशी प्रदेशमा विराटनगर, फाप्लु, लुक्ला, सुकेटार लगायत एयरपाेर्ट छन् । विभिन्न राजमार्गमार्फत पर्यटकले सबै पहाडी जिल्लाकाे सहज भ्रमण गर्न पाउँछन् ।´

शाहले काेशी प्रदेश सांस्कृतिक विविधताका दृष्टिले समेत नेपालकाे समृद्धतम् प्रदेश भएकाे जिकिर गरे । उनले भने, `सम्भवत: संस्कृतिमा नेपालकै सबैभन्दा धनी प्रदेश हाे काेशी प्रदेश । यहाँ लिम्बू, राई, शेर्पा, तामाङ, राजवंशी, काेच आदि संस्कृति छन्- जसले सांस्कृतिक विविधताकाे इन्द्रेणी छ । यी संस्कृतिले जगेर्ना गरिरहेका माैलिक नाचहरू साकेला, धाननाचलगायत जातजातिका नाचले हामी समृद्ध छाैँ ।´

उनले रामकाे विवाहकाे प्रसङ्ग पनि काेट्याए । रामधुनीकाे सांस्कृतिक महत्व दर्शाउँदै उनले मर्यादा पुरुषाेत्तम श्रीरामकाे जन्ती रामधुनीस्थित ऋषि विश्वमित्रकाे आश्रमबाट लगिएकाे दाबी गरे । रामधुनीबाट रामकाे जन्ती लगिएकाे थियाे र आगामी दिनमा रामधुनीबाट जन्ती लैजानुपर्छ भन्ने हाम्राे दाबी रहेकाे छ ।´ उनले संसारकाे पहिलाे तीर्थ बराहक्षेत्र पनि काेशीप्रदेशमै रहेकाे हुनाले काेशी प्रदेशकाे पर्यटन सबै काेणबाट समृद्ध रहेकाे र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन जरुरी रहेकाे बताए ।

काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे सचिवालय अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टकाे डेस्टिनेसन प्रायाेजक समेत रहेकाे छ । मार्टमा काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे सचिवालयले तयार पारेकाे डकुमेन्ट्री, मुकाम म्यागेजिन र तीनवटा करिडाेरकाे गन्तव्यका बारेमा तयार पारिएका अङ्ग्रेजी र नेपाली दुवै भाषाका प्रचारसामग्री प्रदर्शन र वितरण गरिएकाे थियाे ।

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...