CG Electronics
IME Life
NIMB

इमामी लिमिटेडद्वारा नेपालमा ’नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। ७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर २ मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिनेछ।

भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ’नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको छ। अभियान जेष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर संचालन गरिने कम्पनीले जनाएको छ

यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ। यस अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ। यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्नेछन्।

अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन्। उनीहरूले अन्तरक्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू, र २–मिनेट च्यालेन्ज, कूल कूल पर्फमेन्स जस्ता विभिन्न खेलहरू मार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन्।

यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६०,००० भन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ, जसमा १२,००० भन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३०,००० भन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन्।

नवरत्न तेलका ब्रान्ड म्यानेजर बिकास तिवारीले अभियानबारे आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयोः
“नवरत्न बीट मसाज २०२५ मार्फत उपभोक्ताहरूलाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउँनेछ , जसले गर्दा उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् । हामी विश्वास गर्छौं कि उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेल्नेस सहयात्रीको रूपमा अझ स्थापित गर्नेछ।

बढ्दो तनाव र थकानलाई मध्यनजर गर्दै, नवरत्न तेलको सन्देश एकदमै सरल र प्रभावकारी छः ’कूल कूल नवरत्न, जुनसुकै बेला, जहाँपनि।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...