CG Electronics
IME Life
NIMB

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कोरीयाबाट स्वदेश फिर्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल दक्षिण कोरीयाको भ्रमण सकि स्वदेश फर्कनु भएको छ । दक्षिण कोरीयाको सुवोनमा आयोजीत आईसीएस प्यासिफिक फोरममा भाग लिन नेपालको प्रतिनिधीत्व गर्दै उहाँ त्यस तर्फ जानु भएको थियो ।

सो फोरमलाई संवोधनका क्रममा मन्त्री दाहालले यातायात सेवा व्यवस्थापन तथा विस्तारमा सुचना प्रविधि तथा एआईको प्रयोग उपयोगी हुने बताउनु भएको थियो । यस्तै एशिया प्यासिफिक क्षेत्र सम्भावना र सहकार्यको प्रचुर सम्भावनाको क्षेत्र रहेको जनाउँदै मन्त्री दाहालले स्मार्ट मोविलिटीलाई प्रवद्र्धन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस पछि मन्त्री दाहालले त्यहाँको यातायात तथा रेलसेवा विस्तार सम्वन्धिको छलफललाई पनि संवोधन गर्नुभयो । भ्रमणका क्रममा मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गर्नुभएको थियो । यसैगरि सोहि भ्रमणका क्रममा कोरीयन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरुसँग भेटमा मन्त्री दाहाल र त्यहाँका अधिकारीहरु विच आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो ।

स्वदेश फर्कनु अघि मन्त्री दाहालले प्रवाशी नेपाली मञ्च दक्षिण कोरीयाद्वारा आयोजीत भेटघाट कार्यक्रममार्फत नेपाली समुदायलाई संवोधन गर्नुभयो । त्यस क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले विदेशमा सिकेको ज्ञान र शिपलाई स्वदेशको समृद्धीमा उपयोग गर्न दक्षिण कोरीयाका प्रवाशी नेपालीहरुलाई आग्रह गर्नु भएको थियो ।

स्वदेश फर्किए लगत्तै मन्त्री दाहालले आफ्नो दक्षिण कोरीया भ्रमण फलदायी भएको बताउनुभयो । नेपालको सार्वजनिक यातायात सेवा विस्तार तथा व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायसँग हुन सक्ने सहकार्यका बारेमा महत्वपूर्ण कुराकानी भएको उहाँले बताउनु भएको छ । यस्तै विकासको विकास, पूर्वाधार निर्माण, सेवा प्रवाहका बारेमा प्रवाशी नेपालीहरुसँग छलफल भएको पनि उहाँले उल्लेख गर्नु भएको छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...