CG Electronics
Ncell NPL
NIMB

गौरी शंकर एग्रो इन्डष्ट्रिजको ६ महिनाको व्यापार १ अर्ब ४ करोड

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । गौरी शंकर एग्रो इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०२२ मा स्थापना भइ पशुपन्छीकालागि दाना उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको उक्त कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा १ अर्ब ४५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

पूर्वी नेपालको सुनसरी जिल्लामा स्थापना भएको यस कम्पनीले ब्रोइलर कुखुरा, गाइवस्तुको र माछाको दाना उत्पादन गर्दै आएको छ । कम्पनीसँग हाल वार्षिक १ लाख ४४ हजार मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ ।

स्थापित अविनाश समूहको हिस्सा यो कम्पनी अविनाश समूहका संस्थापक गुणचन्द्र विष्टद्वारा प्रवद्र्धित कम्पनी हो । विष्टको कुखुरा उद्योगमा तीन दशकभन्दा बढीको अनुभव छ । अविनाश समूह कुखुरापालन, एलपीजी, ऊर्जा, धातु र व्यापारसहितका क्षेत्रहरुमा बलियो उपस्थिति भएको एक स्थापित समूह हो ।

यस समूहसँग कुखुरापालन व्यवसायमा केन्द्रित बलियो एकीकृत समूह छ । जसले व्यवसायको वितरण पक्षहरू र ब्रान्ड पहिचानमा तालमेल उत्पन्न गर्ने अपेक्षा गरिएको छ । यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब २५ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...