CG Electronics
IME Life
Ncell NPL

संसद अवरोध : सत्तापक्ष र प्रतिपक्षबीच समझदारीको प्रयास, भोलिदेखि बैठक चल्ने आशा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको बताएका छन् । आइतबार पनि प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सदन सधैं यसरी गैरजिम्मेवार हुनु भन्दा पनि जिम्मेवार हुनुपर्ने बताए ।

उनले भने, ‘सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको छ । तर अब केही सकारात्मक कुराहरु भएका छन् त्यसैले भोलि २ बजे संसद बैठक बस्नेछ र चल्ने छ भन्नेमा हामी पनि आशावादी छौं । सदन सधैं यस्तो भएर हुँदैन । जिम्मेवार हुनुपर्छ भनेर सभामुखसँग भनेका छौं ।’

यसैगरी नेकपा माओवादी केन्द्रको प्रमुख सचेतकमा हितराज पाण्डेले सदन चलाउन सत्तापक्ष र प्रतिपक्षबिच वार्ता भैइरहेको बताए । उनले भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउनुपर्ने बताए ।

उनले भने, ‘छलफल जारी नै छ । सहमति केहि भएको छैन । सत्तापक्ष र प्रतिपक्षबिच वार्ता भैइरहेको छ । सुशासनसँग केन्द्रित रहेर छानविन समिति बनाउनुपर्छ भन्नेमा हामी लागिरहेका छौँ । प्रतिपक्ष दलका नेता दिनमा पनि आएर समग्र समस्याको हल कसरि गर्ने भन्ने बारे राजनीतिक दलका नेतासँग कुरा भैइरहेको छ ।’

यसैगरी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदन चलाउन समझदारीको नजिक पुगेको बताए । उनले १३ गतेदेखि अवरुद्ध भइरहेको छ यस्तो गर्न हुँदैन भनेर दिनभर विपक्षीदलसँग अपिल गरे पनि सहमती हुन नसकेको बताए ।

उनले भने, ‘हामि समझदारीको नजिक नजिक पुगेका छौं । १३ गतेदेखि अवरुद्ध भैरहेको छ यस्तो गर्न हुँदैन भनेर । दिनभर विपक्षीदलसँग अपिल गरेका थियौँ तर सहमती हुन सकेन । भोलि १२ बजे उनीहरुको बैठक हुने छ अनि सांसद बैठक भोलिबाट सुरु हुनेछ । भोलि गृहमन्त्रीले जवाफ दिनुहुनेछ ।

अख्तियार अनुसन्धान आयोगले गरेको छानबिन निष्कर्शमा पुगेको पनि छैन । त्यसैले त्यसबारे कुनै समिति बन्ने छैन । एउटा छलफलका माध्यमबाट सहमतिमा अगाडी बढ्नुपर्छ । हिजो संसद उनीहरुकै कारणले बन्द भयो र अब भोलि उनीहरुकै कारण खुल्ने छ ।’
भिजिट भिसाको विवादमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामा वा संसदीय छानबिन समितिमध्ये एक माग पुरा नभएसम्म संसद्को अवरोध हट्न नसक्ने अडान लिँदै आएका छन् ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...