CG Electronics
Ncell NPL
NIMB

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरु कुन कुन कार्यक्रम सञ्चालन हुँदैछन ?

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरेको छ ।

शहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी आवमा मन्त्रालयले गर्ने प्रमुख कामहरुको सुची सावर्जनि गर्ने क्रममा २ सय वटा नयाँ झोलुङ्गे पुल, १ सय वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने योजना रहेको जानकारी दिएको हो ।

साथै, १३० वटा सडक पुल मर्मत, २४९ वटा सिँचाई आयोजना सम्पन्न गरी ३७ सय हेक्टर जमिन सिंचित गर्ने, १ सय कि.मि. सडक निर्माण र ३ सय कि.मि. सडक कालोपत्रे गर्नुका साथै, ६० वटा/स्थानीय तहका प्रशासकीय भवन निर्माण गर्ने मन्त्रालयले तयारी गरेको जनाएको हो । त्यसैगरी, उपत्यकाका नदि, खोला करिडोरमा १० कि. मि. सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका योजनाका बारेमा बोल्दै मन्त्रालयका सहसचिव नारायण प्रसाद मैनालीले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई समेत प्रमुख प्राथमिकताका साथ अघि बढाउने जानकारी दिए ।

उनले उपत्यकाका ४ स्थान– जितपुर फेदि, डुकुछाप, इशान नयाँ शहर, ताथबी चलाबु मा जग्गा एकिकरणको भौतिक विकास योजना स्विकृति भई जग्गा विकास कार्य सुरु गर्नुका साथै उपत्यकाको ब्यवस्थित शहरीकरणका लागि हरियाली प्रवर्दन, सचेतना, आकासे पानी संकलन, वन तथा पोखरी संरक्षण गरिने पनि जानकारी दिए ।

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२१

  काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३ प्रतिशतसम्म छुट

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४४

  काठमाडौँ । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३...

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४२

  काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली...

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न सेवामा आकर्षक छुट

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३९

  काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको...