CG Electronics
IME Life
NIMB

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ।

हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने “यामाहा डे”को अवसरमा यस वर्ष विशेष महत्त्वको “ब्रिजिङ ओल्ड एन्ड न्यू, थ्रु केन्डो एक्सन्स” भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको हो।

नेपालमा पनि यामाहाले विभिन्न कार्यक्रमहरू मार्फत यो अवसरलाई अर्थपूर्ण बनाएको कम्पनीले जनाएको छ। एमएडब्लू फाउन्डेसनको नेतृत्वमा यामाहा ब्लु स्क्वायर नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रम, दिगोपनको प्रतिबद्धताअनुरुप फ्याक्ट्री परिसर (एमएडब्लू अटो) मा गरिएको वृक्षरोपण अभियान र काठमाडौँको नि:सहाय सेवा सदन, शान्तिनगर वृद्धाश्रममा गरिएको अर्थपूर्ण सामुदायिक सेवा सम्बन्धि गतिविधिसँगै समापन गरिएको मौलिक यामाहा ब्लुस्ट्रिक्स राइडआउट जस्ता कार्यक्रमहरूले ब्रान्डको ‘समाजलाई योगदान गर्ने’ दर्शनलाई जीवन्त बनाएको कम्पनीले उल्लेख गरेको छ।

त्यस्तै, देशभरका यामाहा शोरूमहरूमा केक काट्ने कार्यक्रमहरू आयोजना गरिएका थियो भने टेकस्पाएर कलेजमा स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तालिम पनि प्रदान गरिएको थियो।

 

यस विशेष अवसरमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “आज हाम्रो लागि साँच्चै गौरवको दिन हो। ७० वर्षको यो यात्रामा विगत ४० वर्षदेखि हामी यामाहासँगको साझेदारीमा छौं, जुन हाम्रो लागि पनि गर्वको विषय हो।”

नेपालकै उच्च माइलेज दिने स्कुटर एआरएआई प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज भएको यामाहा रेजर १२५एफआई हाइब्रिडदेखि स्पोर्टी र स्टाइलिस यामाहा आर१५ भी४ सम्म, यामाहाले सधैं उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै आएको कम्पनीले उल्लेख गरेको छ।

सडकमा दमदार उपस्थिति चाहनेहरूका लागि एमटी–१५ भी२ र एफजेट भी३ सिरिज आकर्षणका केन्द्र बनेका छन् भने एरक्स १५५ एक स्पोर्टी डिजाइन भएको परफर्मेन्स स्कुटरका रूपमा अगाडि आएको छ। अफ-रोड यात्राका लागि डब्लुआर १५५ आर भरपर्दो विकल्पको रूपमा स्थापित भएको छ।

यामाहाका सम्पूर्ण मेसिनहरू उन्नत जापानी प्रविधिबाट निर्माण गरिएका छन् जसले सुरक्षा, दक्षता र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्छन्।

एमएडब्लू राइड्सको नेतृत्वमा सञ्चालन भइरहेको यामाहा नेपाल आज नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।

अत्याधुनिक जापानी प्रविधि, भरपर्दो पर्फर्मेन्स र उत्कृष्ट आफ्टर सेल्स सर्भिसको संयोजनमार्फत यामाहाले सधैं पर्फर्मेन्स, स्टाइल र ग्राहक सन्तुष्टिको मापदण्ड तय गर्दै आएको छ। ब्रान्डले दक्ष जनशक्ति उत्पादन र ग्राहकको सम्पूर्ण अनुभवलाई अझ प्रिमियम बनाउने प्रतिबद्धतासहित नेपालको प्रत्येक कुनामा आफ्नो उपस्थिति बलियो बनाउँदै लगिरहेको छ।

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...