CG Electronics
IME Life
Ncell NPL

नाइमा अटो शोमा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले याडियाको भेलाक्स सिरिज अन्तर्गत तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको आधिकारिक शुभारम्भ गर्ने भएको छ । यी स्कुटर शक्ति, प्रदर्शन र उद्देश्यका लागि निर्माण गरिएको कम्पनीको भनाइ छ ।

आगामी साउन २१ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पहिलो पटक सार्वजनिक रुपमा प्रस्तुत गरिने सो स्कुटर लाइनअपमा भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यु अर्थात अल्ट्रा पर्फमेन्स र भेलाक्स एच अर्थात हाई पर्फमेन्स समावेश छन् । यसमार्फत नेपाली सवारी प्रयोगकर्ताहरूले नयाँ युगको शहरी मोबिलिटी अनुभव गर्ने कुजु नेपालले जनाएको छ ।

भेलाक्स फास्ट चार्जिङ – अब चार्जिङमा मात्र २० मिनेट

व्यस्त जीवनशैली अपनाउने र समयको मूल्य बुझ्ने सवारहरूको लागि याडियाको यो मोडल एक क्रान्तिकारी परिवर्तन हो। ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्री सहितको भेलाक्स फास्ट चार्जिङ स्कुटरले ११० किमी सम्मको रेन्ज दिन्छ। यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमतायुक्त सो स्कुटर द्रुत गतिमा काम गर्ने, डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हो। यसमा ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा गति र १७२ एनएम टर्क रहेको छ, जसले द्रुत ऊर्जा र भरपर्दो प्रदर्शन प्रदान गर्छ।

भेलाक्स यु – अल्ट्रा प्रदर्शन, अल्टिमेट राइड

प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको याडियाको प्रमुख मोडल हो — भेलाक्स यु । यो डुअल ७४ भोल्ट २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ र १४० किमी सम्म रेन्ज प्रदान गर्छ। यसमा ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रतिघण्टा गति र १७६ एनएम टर्क छ । ‘यु’ को अर्थ नै अल्ट्रा पर्फमेन्स हो, जसले इलेक्ट्रिक स्कुटरको परिभाषालाई नै पुनःनिर्धारण गर्छ।

भेलाक्स एच – उच्च प्रदर्शन, दैनिक यात्राको साथी

दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध भेलाक्स एच याडियाको मूल्यमैत्री तर शक्तिशाली मोडल हो। यसमा ७२ भोल्ट ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेन्ज दिन्छ। यसमा ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क छ । ‘एच’ को अर्थ हाई पर्फमेन्स हो ।

याडिया भेलाक्स सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पु(याउने कम्पनीको दावी छ । यस अनुसार वातावरणमैत्री भविष्य अँगाल्दै ग्राहकहरू द्रुत चार्जिङ, उच्च प्रदर्शन वा बजेटमैत्री स्मार्ट विकल्प बीच छनोट गर्न सक्नेछन् ।

पूरा लाइनअपलाई याडियाको प्याभिलियनमार्फत नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा औपचारिक रूपमा सार्वजनिक गरिनेछ। स्कुटरका थप विशेषताहरू, मूल्य र उपलब्धता सम्बन्धी जानकारी सोही कार्यक्रममा खुलासा गरिने समेत कम्पनीको भनाइ छ ।

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १ करोड ४८ लाख दाबी भुक्तानी

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२८

  काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भैरहवा शाखाले...

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित नयाँ परियोजना

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२५

  काठमाडौं, नेपाल — नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने...