CG Electronics
IME Life
NIMB

फक्सवागनका पावरफुल दुई मोडल वट्रस र टाईगुन नेपाली बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल नेपाल प्रा. लि. ले वट्रस सेडान र नयाँ टाईगुन गाडीको लञ्च नाईमा अटो शो मा गरेको छ । यी दुवै गाडीहरुमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरुले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरुलाई गराउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

यी दुवै गाडीहरुको अनावरण नाईमा अटो शोमा सम्मानित अतिथिको रुपमा जर्मन दुतावासका महामहिम श्री उदो भोल्ज गर्नु भएको थियो । अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरुमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सि.सि. बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट ईन्जिन रहेको छ । वट्रस जि टी सेडान र टाईगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्याप ९ल्ऋब्ए० मा पाँच तारा पाएका मोडल हुन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ ।

फक्सवागन वट्रस सेडान

फक्सवागन वट्रस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभी भन्दा पनि बढी अर्थात १८० मि.मि. को ग्राउण्ड क्लियरेन्सका साथ आउँदछ जसले गर्दा खाल्डा खुल्डीहरुमा पनि गाडी छुने डर हुँदैन । बलियो च्यासिस, पावरफुल ईन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा शहर होस् वा ग्रामीण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ ।

फक्सवागन टाईगुन जी टि एसयूभी

नेपालको बाटोमा सुहाउँदो, १८८ मि.मि. को ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कम्र्फटका फिचरहरु राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल ईत्यादि दुवै मोडलमा राखिएको छ ।

यसै कार्यक्रममा विशेष अतिथिका रुपमा उत्पादकका तर्फबाट प्रतिनिधित्व गर्नु हुन श्री सेल्जि जोजेफले भन्नुहुन्छ, “यी दुवै मोडल विशेष गरी भारतका बाटो तथा पेट्रोलको गुणस्तरलाई मध्यनजर गरि बनाएको हुनाले नेपालको बाटोमा पनि उपयुक्त हुने कुरामा विश्वस्त छौं । विक्री पश्चात्को पार्टस्को मूल्यहरु पनि अन्य भारतिय गाडीहरु बराबर रहेको हुनाले मर्मत संभार खर्च पनि धेरै कम हुने कुरामा विश्वास दिलाउन चाहन्छु” ।

यस कार्यक्रममा बोल्दै आयातकर्ता पूजा ईन्टरनेशनल का सिईओ बिवेक विजुक्छे बताउनु हुन्छ, “फक्सवागन पावरफुल ईन्जिनका साथ नेपाली बजारमा जर्मन ईन्जिनियरङ्गको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले वट्रस सेडान तथा टाईगुन एसयूभी का साथ आएको छ । विगतमा जस्तै ग्राहकहरुको अत्याधिक समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको छु” ।

पूजा ईन्टरनेशनलको पृष्ठभूमि

फक्सवागन ब्राण्डका गाडीहरु सन् २००८ देखि बिक्री वितरण गर्दै आएको यस कम्पनीले विगतमा विश्व प्रसिद्ध मोडलहरु जस्तै पोलो, भेण्टो, टिगुआन, जेटा, पसाट, ट्वारेगहरुको सफलतापूर्वक बिक्री वितरण गर्दै आईरहेको छ । हाल यस कम्पनीको देशभरि प्रमुख शहरहरु जस्तै विराटनगर, नारायणघाट, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा सर्भिस तथा पार्टस् सेन्टर रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...