NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाइमा एक्सपोको आकर्षण : ७ सिटर किटोन ईभी भ्यान, कर्पोरेट प्रयोगका लागि उपयुक्त

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । राजधानीमा जारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा ७ सिटर किटोन कर्पोरेट ईभी भ्यान विशेष आकर्षण बनेको छ। बैंक, इन्स्योरेन्स कम्पनी, हस्पिटल, मन्टेसरी, स्कुल, एयरलाइन र होटलजस्ता कर्पोरेट संस्थाले पिकअप तथा ड्रप सेवाका लागि यो भ्यान उपयुक्त हुने बताइएको छ।

नेपालमा आधिकारिक वितरकको रूपमा टाइम्स बिजनेसले प्रदर्शनीमा राखेको यस ईभी भ्यानमा ४२.३३ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ। यही प्रविधिको ब्याट्री विश्वप्रसिद्ध ईभी निर्माता बीवाईडीले समेत प्रयोग गर्दै आएको छ, र यो पहिलो पटक ईभी भ्यानमा प्रयोग भएको हो।

सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने यस भ्यानको ग्राउन्ड क्लियरेन्स २२० एमएम र ह्विलबेस २,७०० एमएम छ। यसमा ५० किलोवाट क्षमताको मोटरले २१० एनएम टर्क उत्पन्न गर्छ। ७ सिटर कन्फिगरेसनमा क्याप्टेन सिट सुविधा रहेको छ।

 

किटोन ईभी भ्यानको मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने नाइमा एक्सपो अफर अन्तर्गत १ लाख रुपैयाँ छुट दिइँदैछ। कम्पनीले ७ वर्ष वा ४ लाख किलोमिटर वारेन्टीको सुविधा दिने जनाएको छ।

बजारमा रहेका पेट्रोलियम इन्धनमा चल्ने भ्यानलाई प्रतिस्थापन गर्न सक्ने सम्भावना यस ईभी भ्यानमा देखिएको छ। २५ वर्षभन्दा लामो इतिहास बोकेको चिनियाँ कम्पनी किटोनले वार्षिक ३ लाख युनिटभन्दा बढी सवारी साधन उत्पादन गर्छ र यसको बिक्री विश्वका २० भन्दा बढी देशमा हुने गरेको छ।

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

नाइमा अटो शो नाडाको कपी, नाडा अटो शो नै नेपालको मौलिक र ‘जेन्युन’ अटो प्रदर्शनी हो : अनुप वराल

नाइमा अटो शो नाडाको कपी, नाडा अटो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

  काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:१२

  काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल, जेडएक्स मोटो ८२० आरआर र ५०० एफले ताने दर्शकको ध्यान

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल,...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:१५

  काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बाइकर्स नेपालले दुई...