CG Electronics
IME Life
Ncell NPL

नेपाली बजारमा छिट्टै लीपमोटर बी१०, प्रिमियम फिचरसहितको इलेक्ट्रिक एसयूभी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । लीपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले लामो समयदेखि प्रतीक्षित इलेक्ट्रिक एसयूभी लीपमोटर बी१० अब चीनबाट नेपालतर्फ प्रस्थान गरिसकेको र छिट्टै डेलिभरी सुरु हुने घोषणा गरेको छ।

काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा निकै राम्रो प्रतिक्रिया र अग्रिम बुकिङ पाएको यो मोडल अब ती अर्डर पूरा गर्न र नेपाली सडकमा नयाँ इलेक्ट्रिक मोबिलिटी ल्याउन तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ।

लीपमोटर बी१० मा १६० किलोवाट क्षमताको रियर–व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट आवर ब्याट्री प्याक जडान गरिएको छ। यसले एक पटकको चार्जमा ६०० किमी (CLTC) र ४६० किमी (WLTP) सम्मको रेञ्ज उपलब्ध गराउनेछ।

आरामदायी र व्यावहारिक दुवै पक्षलाई ध्यानमा राखेर तयार गरिएको यो ईभीमा १८० मिमी ग्राउन्ड क्लियरेन्स, १४.६ इन्च २.५के एचडि टचस्क्रिन, रेकर्डिङ सुविधा सहितको ३६०–डिग्री क्यामेरा, हिटिङ र भेन्टिलेसनसहितका प्रीमियम लेदरेट सिट तथा आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफजस्ता आकर्षक सुविधा रहेका छन्।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाका अनुसार, बी१० ले नेपालमा अत्याधुनिक विद्युतीय प्रविधि र प्रिमियम सुविधाको संयोजनमार्फत ईभी बजारमा नयाँ मापदण्ड कायम गर्नेछ।

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशव्यापी विस्तारको घोषणा

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:२३

  काठमाडौं । नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई अझ गुणस्तरीय...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...

टोयोटा र सीएटीएलको साझेदारीमा इन्डोनेसियामा ब्याट्री उत्पादन हुने

टोयोटा र सीएटीएलको साझेदारीमा इन्डोनेसियामा ब्याट्री उत्पादन...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:२४

  काठमाडौं । टोयोटा ले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्न चीनको...