IME Life
NIMB

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

NIMB
Himalayan Bank

काठमाडौं । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

आज भएको सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध संचालक सत्य नारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले विद्यमान साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोवार नियमावली, २०८१ अन्तर्गत रहेर धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने छ ।

दुग्ध तथा दुग्ध जन्य पदार्थ जस्तै दहि, घ्यू, चकलेट र पनिर लगाएतका अन्य उत्पादन र प्याकेजिङ्ग गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो। स्वदेशि उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्म निर्भर बनाउँने र उपभोक्ताहरुका लागि “गोठ देखि भान्सासम्म” भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्ध जन्य परिकारहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित कम्पनीले हाल कम्पनीको नाममा रहेको धनुषा जिल्लाको गोदार स्थित २ बिघा जमिनमा जर्सी तथा होल्स्टोन जस्ता उत्कृष्ट जातका ३५ वटा गाईहरुबाट दैनिक २०० लिटर भन्दा बढी दुग्ध उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको छ।

कम्पनीले निकट भविष्यमा ६५ वटा गाईहरु थप गरी १०० वटा गाईहरु पु¥याउने उद्देश्यले सेड तयार बनाई सकेको छ । कम्पनीले निकट भविष्यमा प्याकेजिङ्ग उद्योग स्थापना गरी दुग्ध उत्पादन क्षेत्रका लागि एक उत्कृष्ट तथा प्रतिष्ठित कम्पनी बनाउने उद्देश्यका साथ अध्ययन तथा अनुसन्धान गरिरहेको जनाएको छ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...