CG Electronics
IME Life
NIMB

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

NIMB
Himalayan Bank

काठमाडौँ । झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर जारी गरेको हो, जसको कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबर हुन्छ।

जारी गरिएका शेयरमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि तथा ११ हजार ४०६ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ। बाँकी शेयरमा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू र मेरो शेयरमार्फत गर्न सकिने व्यवस्था छ।

आईपीओमा आवेदन दिने अवधि छिटोमा भदौ २४ गतेसम्म र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ।

आईपीओ रेटिङको आधारमा इक्रा नेपालले झापा इनर्जी लिमिटेडलाई ‘सिंगल बी माइनस’ (ICRANP-IR B-) प्रदान गरेको छ, जसले कम्पनीमा उच्च जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। यसअघि झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...