Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपालमा सञ्चालनमा रहेका सूचीकरणविहीन सामाजिक सञ्जाल बन्द हुने

 

काठमाडौं । नेपाल सरकारको निर्देशनअनुसार नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले बिहबिार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।

यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार गरिएको हो ।

आईएसप्यानका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन पठाएको छ, जसअनुसार ती सञ्जालहरू बन्द गरिँदैछ ।
आईएसप्यानले भदौ १७ गते नै नेपाल सरकारलाई पत्र पठाएर आवश्यक तयारीको जानकारी गराइसकेको थियो । अब नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा ती सामाजिक सञ्जालहरू क्रमशः बन्द गरिनेछ ।

संघले प्रयोगकर्ताहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै अन्य सामाजिक सञ्जालहरू भने यथावत रूपमा चलिरहेको जानकारी पनि दिएको छ ।

आईएसप्यानका अध्यक्ष सुधिर पराजुलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा, ‘ग्राहक महानुभावहरूलाई हुने असुविधाका लागि क्षमाप्रार्थी छौं,’ भन्ने उल्लेख छ ।

बन्द गरिन लागिएका प्रमुख सामाजिक सञ्जालहरूः
१. फेसबुक
२. फेसबुक मेसिन्जर
३. इन्स्टाग्राम
४. युट्युब
५. ह्वाट्सएप
६. ट्वीटर (एक्स)
७. लिंक्डइन
८. स्न्यापच्याट
९. रेडिट
१०. डिस्कोर्ड
११. पिन्टरेस्ट
१२. सिग्नल
१३. थ्रेड्स
१४. विच्याट
१५. क्वोरा
१६. टमब्लर
१७. क्लबहाउस
१८. म्यास्टोडन
१९. रम्बल
२०. मिवी
२१. भीके
२२. आइएमओ
२३. जालो
२४. सोल
२५. हाम्रो पात्रो ।

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छ : गृहमन्त्री अर्याल

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले...

वि.सं.२०८२ कात्तिक २३ आइतवार ०८:५१

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा...