CG Electronics
IME Life
NIMB

प्रधानमन्त्री कार्कीलाई नेसनल प्याब्सनले दियो बधाई, शिक्षा क्षेत्रमा सुधारको अपेक्षा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको अवसरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले बधाईसहित शुभकामना व्यक्त गरेको छ।

संगठनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार, समावेशी पहुँच र दीगो विकास सुनिश्चित हुने विश्वास प्रकट गरेको हो।

नेसनल प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा हालै मुलुकभर ‘जेन जेड’ युवाहरूले सुधारका माग राख्दै सञ्चालन गरेका आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

विज्ञप्तिमा शिक्षा जीवनको आधारशिला भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीको कार्यकालमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, पेशागत सम्मान कायम गर्ने, निजी तथा आवासीय विद्यालयहरूको लगानी र विकासलाई प्रोत्साहन गर्ने, शैक्षिक पूर्वाधार सुधारमार्फत दीगो विकास गर्ने तथा शिक्षा क्षेत्रमा रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

संगठनले संविधानको रक्षा गर्दै शिक्षा, शान्ति, प्रगति र समृद्धिलाई सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै मुलुकलाई शैक्षिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न तथा शैक्षिक पर्यटनमार्फत विश्वभर सकारात्मक सन्देश प्रवाह गर्न सकिने विश्वास पनि प्रकट गरेको छ।

युवाहरूको चाहनाअनुरूप शिक्षामा समान पहुँच, स्वतन्त्र पेशा(व्यवसायको वातावरण र लगानी प्रवर्द्धनमा प्रधानमन्त्रीको कार्यकाल महत्त्वपूर्ण बन्नेमा आफूहरू विश्वस्त रहेको नेसनल प्याब्सनले जनाएको छ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...