CG Electronics
IME Life
NIMB

‘क्षति ठूलो छ, तर उठ्नैपर्छ, अघि बढ्नैपर्छ’ : अध्यक्ष ढकाल

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले हालैको जेन–जी आन्दोलनका क्रममा उद्योग–व्यवसायमा भएको तोडफोड र आगजनीले आफूलाई गहिरो पीडा पु¥याएको बताएका छन् । उनले दशौँ हजार नेपालीको रोजगारी जोडिएको आफ्नै उद्योग–व्यवसायमा अर्बौंको क्षति हुँदा पनि मनोबल कमजोर नपार्न व्यवसायीहरूलाई आह्वान गरेका छन् ।

उनका अनुसार, शून्यबाट सुरु गरेर चार दशकको मेहनत, इमान्दारिता र अठोटले आजको व्यवसायिक जग खडा भएको भए पनि हालको विपत्तिमा निराश नहुनुपर्ने बेला आएको छ । “भूकम्प, नाकाबन्दी, महामारी र आर्थिक मन्दी जस्ता संकट काटेर उठेका हामी आज फेरि खरानी टक्टकाएर उठ्नैपर्छ,” उनले भने ।

अध्यक्षले हालको परिस्थितिले उद्योग–व्यवसाय मात्र नभई लाखौँ रोजगारी संकटमा पारेको, वैदेशिक लगानीकर्तामा नकारात्मक सन्देश गएको र मुलुककै अर्थतन्त्रमा धक्का पुगेको स्वीकार गरे । तर पनि उनले “हाम्रो वास्तविक सम्पत्ति हौसला, आत्मबल र श्रम गर्ने क्षमता हो, जुन कहिल्यै जल्दैन,” भन्दै व्यवसायीलाई हिम्मत नहराउन आग्रह गरे ।

उनले उद्यमी–व्यवसायीलाई क्षतिग्रस्त उद्योग–व्यवसाय पुनर्निर्माणमा जुट्न, थप लगानी गरेर रोजगारी सिर्जनामा लाग्न र चुनौतीलाई आर्थिक सुधारको अवसरको रूपमा लिन आह्वान गरे । साथै, नयाँ पुस्तालाई निजी क्षेत्र नै अर्थतन्त्रको इन्जिन हो भन्ने कुरा बुझाउनुपर्नेमा जोड दिए ।

“आउनुहोस्, सबैको साहस र निजी क्षेत्रको प्रयासले सुनौलो नेपालको मार्गचित्र कोर्न सन्देश दिन सकिने गरी काम गरौँ,” अध्यक्षको सन्देशमा उल्लेख छ ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...