Ncell NPL
NIMB
NMB Bank

नारायणगढ–मुग्लिन सडक बारम्बार अवरुद्ध, दिगो समाधान निकाल्न सरकारसँग ट्रक व्यवसायी महासंघको माग

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा देशको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै सरकारलाई दिगो समाधान निकाल्न माग गरेको छ।

महासंघका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकालका लागि अवरुद्ध बनेको छ। निरन्तर पहिरो खसिरहेको, सडक भासिएको र उच्च जोखिम देखिनुले यातायात व्यवसाय गम्भीर संकटमा परेको महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाले बताए ।

गत असोज ३ गते साँझ खसेको पहिरो ठूलो मेहनतपछि पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि फेरि मंगलबार ठूलो पहिरो खसेर आवागमन ठप्प भएको महासंघले जनाएको छ। त्यस्तै, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाडखोला (बाँदरे मोड) मा खसेको पहिरो करिब १० घण्टापछि मात्र पन्छाइएकामा केही समयमै अर्को ठूलो पहिरो खस्नुले यस क्षेत्रमा दिगो समाधान आवश्यक रहेको स्पष्ट भएको महासंघको तर्क छ।

सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तुहरू समयमै गन्तव्यसम्म पुर्‍याउन नसक्दा ठूलो क्षति भइरहेको महासंघका महासचिव बाँनियाले बताए । विशेषगरी कृषिजन्य सामग्री बिग्रनु, ढुवानीमा ढिलाइ हुनु र आपूर्ति प्रणाली नै अस्तव्यस्त हुनुले जनजीवनमा प्रत्यक्ष असर परेको तथा चालक र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम थपिएको उल्लेख गरिएको छ।

यस पृष्ठभूमिमा महासंघले अस्थायी रूपमा मात्र पहिरो पन्छाएर समस्या समाधान गर्न सकिँदैन भन्दै नारायणगढ–मुग्लिन सडक खण्डलाई दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र वैज्ञानिक ढंगले पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेको छ। साथै, वैकल्पिक मार्ग सुधार गरी तत्काल प्रयोग योग्य बनाउनुपर्ने आवश्यकता पनि महासंघले जोड दिएको छ।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...