CG Electronics
IME Life
NIMB

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा २०८२ आश्विन ३ गते होटल एलो पगोडामा सम्पन्न भएको छ । सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गर्नुभएको थियो ।

प्रारम्भमा प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले शेयरधनी तथा आमन्त्रित महानुभावहरूको स्वागत गर्दै कम्पनीको उद्देश्य परिर्वतन तथा सर्वसाधारणमा शेयर जारी गर्ने आवश्यकता बारेमा प्रकाश पार्नुभयो ।

अध्यक्ष शाहले कम्पनीको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमबारे जानकारी दिनुभयो भने सञ्चालक अजय कुमार मिश्रले उद्योग व्यवसायमा लगानीका जोखिम र अवसरबारे प्रस्तुत गर्नुभयो । सभामा विभिन्न संस्थापक र आमन्त्रित व्यक्तिहरूले प्रश्न र जिज्ञासा राखेका थिए, जसको उत्तर अध्यक्ष शाह र प्रबन्ध सञ्चालक भट्टराईले दिनुभयो ।

सभाले आ.व. २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्दै, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने, आ.व. २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । साथै, जारी तथा चुक्ता पूँजी ५० करोड पु¥याउने क्रममा प्रिमियममा थप संस्थापक शेयर बिक्री गर्ने, ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने र सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरिएको लगानी अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ ।

२०७५ सालमा स्थापना भएको नेक्सजेन म्यानेजमेन्ट निरन्तर खुद मुनाफामा रहेको, गत वर्ष नगद लाभांश वितरण गरेको र यस वर्षको खुद मुनाफा जगेडाकोषमा सारेको जानकारी दिइएको छ । कम्पनीले नेटवर्थ अंकित मूल्य रु. १०० भन्दा माथि पुगेको र नयाँ लगानीकर्तालाई आकर्षित गर्दै व्यवसाय विस्तारतर्फ अघि बढिरहेको जनाएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...