CG Electronics
IME Life
NIMB

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग व्यवसाय क्षेत्रमा बिलिङ लगायत सम्पूर्ण व्यवस्थापनका लागि ‘मबिल’ सफ्टवेयर आएको छ ।

नेपालका आतिथ्य व्यवसायहरूमा डिजिटल रूपान्तरण ल्याउने उत्प्रेरकका रुपमा बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाउन र उत्कृष्ट भोजन अनुभव दिन ध्यान केन्द्रित गर्न यस्तो सफ्वेयर विकास गरिएको हो ।

‘मबिल’ सम्पूर्ण रेष्टुराँ प्वाइन्ट अफ सेल र बिलिङ सफ्टवेयर ‘थ्री जेनजी ग्रुप अफ स्टार्टअप’ ले नेपाल टेक मार्केटको मार्गदर्शनमा विकास गरेको सफ्टवेयरले आतिथ्य व्यवसायलाई सञ्चालन गर्ने तरिकामा क्रान्ति ल्याउने अपेक्षा गरेको छ ।

प्रयोगकर्ता–मैत्री इन्टरफेस र शक्तिशाली विशेषतासहित सफ्टवेयर स्थापित रेष्टुरेन्टदेखि नयाँ उद्यमीहरूसम्म सबैका लागि प्रविधिलाई अझ सजिलो र किफायती बनाउने बताइएको छ ।

 

‘मबिल’ केवल बिलिङ सफ्टवेयर मात्र होइन, यो एक सम्पूर्ण रेष्टुरेन्ट व्यवस्थापन समाधान हो । जसले सञ्चालनलाई सजिलो र कार्यक्षमता बढाउने काम गर्छ । यसको प्रमुख सुविधाहरू नेपाली रेष्टुराँहरूले भोग्ने समस्या र आवश्यकतालाई लक्षित गरेर तयार गरिएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

‘मबिल’ ले छिटो, सजिलो र भरपर्दो बिलिङ प्रक्रिया उपलब्ध गराउँछ । यसले ग्राहक सन्तुष्टि बढाउनुका साथै व्यस्त समयमा पनि कामलाई सहज बनाउँछ । ‘मबिल’ मोबाइल एपमार्फत अर्डर लिनु र व्यवस्थापन गर्नु सहज र वेटरले टेबलमै अर्डर इनपुट गर्दा किचनमा तुरुन्तै पठाइन्छ, जसले सेवा छिटो र सही बनाउँछ ।

यस्तो प्रणालीले प्रयोगकर्तालाई सामान्य लेजरहरू अभिलेख गराई, भौचर प्रविष्ट गर्न सुविधा प्रदान गर्दछ ।

यसले रेस्टुरेन्टको सम्पूर्ण आय र खर्च ट्रयाक गर्छ र ट्रायल ब्यालेन्स, आय विवरण जस्ता लेखा प्रतिवेदनहरू स्वचालित रूपमा तयार गर्छ ।
‘मबिल’ को स्टक व्यवस्थापन प्रणालीले सामग्री सजिलै ट्रयाक गर्छ र स्टक कम हुँदा वास्तविक–समय सूचना दिन्छ ।

यसले निर्णय क्षमता बढाउँछ र आपूर्ति–मागमा सन्तुलन कायम राख्छ । यसले मूल्य, दैनिक विशेष मेनु वा उपलब्धता तुरुन्तै परिवर्तन गर्न सजिलो बनाउँछ, जसका लागि मेनु पुनः छपाइ गर्नुपर्ने आवश्यक नपर्ने निर्माण कम्पनीको दाबी छ ।

‘मबिल’ नेपाल टेक मार्केटको उत्पादन हो । नेपाल टेक मार्केटले विहीबार मात्र म–बिल सार्वजनिक गरेको हो । नेपाल टेक मार्केटका आईसीटीविज्ञ चिरञ्जीवी अधिकारीले यो सफ्टवेयर उपयोगी भएको दाबी गर्छन् ।

सीटीओ मंगल कृष्ण प्रधान सहितको विकास टोलीले ‘नवीनतम प्रविधि’ को उपयोग गर्दै ‘प्रयोगकर्ता मैत्री अनुभव’ सिर्जना गरेको हो ।

यो परियोजना नेपालमा जेन–जेड पुस्ताले गरेको व्यवसायिक आन्दोलनको उदाहरणका रुपमा लिइएको छ । जसले ‘स्थानीय रूपमा कार्य, विश्वव्यापी रूपमा सोच’ भन्ने दर्शनलाई आत्मसात गरेको छ ।

यसले बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाउन मद्दत गर्नेछ ।

 

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...