CG Electronics
IME Life
NIMB

नयाँ डिजाइन, स्मार्ट फिचर र बढी आरामसहित महिन्द्रा थार २०२५ सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं ।महिन्द्राले आफ्नो लोकप्रिय अफ–रोडर थार २०२५ लाई भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले यसपटक ३ डोर भर्सनमा आधुनिक फिचरको साथ सो नयाँ फेसलिफ्ट प्रस्तुत गरेको हो । अफरोड प्रेमीका लागि सो नयाँ संस्करण अझ आकर्षक र सुरक्षित बनेको छ ।

नयाँ थारमा पहिलोपटक बडी कलर्ड रेडिएटर ग्रिल दिइएको छ, जसले गाडीको लुकलाई अझ प्रिमियम बनाएको छ । यो ग्रिल अब सिधै बडी शेलसँग मिल्ने रङमा फिनिस गरिएको छ, जसले यसलाई पुरानो संस्करणको तुलनामा ताजा र आधुनिक रूप प्रदान गर्छ।

सेफ्टीका दृष्टिले पनि महिन्द्राले नयाँ सुधार ल्याएको छ । अब थार २०२५ पछाडिको पार्किङ क्यामेरासहित आउनेछ, जसले पार्किङलाई सहज र सुरक्षित बनाउँछ। यद्यपि, यसपटक पनि कम्पनीले एलईडी हेडल्याम्प समावेश गरेको छैन। साथै स्पष्ट दृश्यता कायम गर्नका लागि पछाडिको विन्डस्क्रिनमा धुने र वाइपर सुविधा थप गरिएको छ।

यात्रामा आराम र सजिलो बनाउन पिलरमा नयाँ ग्र्याब ह्यान्डलहरू जडान गरिएको छ, जसले सवारीमा चढ्ने र ओर्लिन सजिलो बनाउँछ, विशेष गरी पछाडिको सिट प्रयोग गर्ने यात्रुका लागि । नयाँ थार २०२५ मा अर्को सानो तर महत्वपूर्ण परिवर्तन भनेको पावर विन्डो कन्ट्रोलको स्थान परिवर्तन हो । पहिले सेन्टर कन्सोलमा रहेका यी स्विच अब डाेर प्यानलमा स्थानान्तरण गरिएको छ ।

 

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...