ड्युअल डिस्क र सिंगल च्यानल एबीएससहित टीभीएस रेडर १२५ सार्वजनिक

Thursday Oct 09, 2025
वि.सं.२०८२ असोज २३ बिहीवार २१:५४

काठमाडौं ।टीभीएसले रेडर १२५ को ड्युअल डिस्क भेरिएन्ट लन्च गरेको छ । दुई ट्रिममा उपलब्ध यस नयाँ भेरिएन्टको मूल्य ९३ हजार ८०० र ९५ हजार ६०० भारु निर्धारण गरिएको छ ।
सो नयाँ भेरिएन्टमा टीभीएसले सेगमेन्टमै पहिलोपटक सिंगल च्यानल एबीएस समेत उपलब्ध गराइएको छ । बाइकमा ९०/९० सेक्सनको फ्रन्ट टायर र पछाडि ११०/८० सेक्सनको फराकिलो टायर जडान गरिएको छ । साथै, ग्रिप, कर्नरिङ क्षमता र ह्यान्डलिङ समेत बढेको कम्पनीले दाबी गरेको छ ।
नयाँ रेडरमा एकीकृत एलईडी डीआरएलएस सहितको एलईडी हेडल्याम्प राखिएको छ भने यसमा सेगमेन्ट फर्स्ट फिचरका रुपमा ’फलो–मी’ फंक्सन पाउन सकिन्छ । बाइकमा १७ इन्चको अलाेय ह्विल जडान गरिएको छ ।
भेरिएन्ट अनुसार, बाइकमा टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल र रिभर्स एलसीडी क्लस्टरको विकल्प पाउन सकिन्छ । त्यसैगरी, यसमा ब्लुटुथ कनेक्टिभिटी, भ्वाइस असिस्ट, टर्न–बाइ–टर्न नेभिगेसन, कल ह्यान्डलिङ र सूचनाहरू जस्ता सुविधा सामेल गरिएको स्मार्ट कनेक्ट फिचर समेत पाउन सकिन्छ ।