CG Electronics
IME Life
NIMB

नेपाल बैंकका ग्राहक र कर्मचारीका लागि लिफ प्लससँग विशेष छुट सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि. बीच एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लस प्रा. लि. द्वारा उत्पादन तथा बिक्री गरिने पर्यावरणमैत्री, सुपारीको पातबाट निर्मित घरायसी सामग्रीहरू (जस्तै प्लेट, कचौरा, थाल, चम्चा आदि) खरिद गर्दा विशेष छुट सुविधा पाउने भएका छन् ।

ग्राहकहरूले उक्त वस्तुहरू कम्पनीको वेबसाइट (www.leafplus.com.np
) वा सम्पर्क नम्बर ९८०१८७०२०८ / ९८०२३४४१७८ मार्फत खरिद गर्न सक्नेछन् । साथै, नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा खरिद बिलमा २० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

उक्त सम्झौता पत्रमा मिति २०८२ साल असोज २७ गते (सोमबार) नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कोबित सिंह बानियाले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौतामार्फत दुवै संस्थाले वातावरणमैत्री उत्पादनको उपयोग प्रवर्द्धन गर्दै डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई पनि प्रोत्साहन गर्ने लक्ष्य लिएका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...