CG Electronics
IME Life
NIMB

मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगै ‘द बीस्ट’ नामक राष्ट्रपतिको विशेष सवारीमा क्वालालम्पुर कन्भेन्सन सेन्टरतर्फ प्रस्थान गर्नु अघि ट्रम्पलाई भव्य स्वागत गरिएको थियो ।

आधिकारिक स्वागत समारोहमा ट्रम्पले परम्परागत मलेसियाली नृत्यमा सहभागी हुँदै उत्सवमय वातावरण सिर्जना गरेका थिए । जसले उनको भ्रमणको औपचारिक कार्यक्रमको सुरुवातलाई प्रतीकात्मक रूपमा रंगीन बनाएको थियो ।

ट्रम्प आइतबार एयर फोर्स वनमार्फत मलेसिया पुगेका हुन् । मलेसियाली फाइटर जेटहरूले उनको विमानलाई मलेसियाली हवाई क्षेत्रसम्म एस्कर्ट गर्दै ल्याएका थिए । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौं मलेसियाली नागरिकहरू उनको स्वागतका लागि भेला भएका थिए ।

‘महान शान्ति सम्झौता’ हस्ताक्षर समारोहमा साक्षी
ट्रम्प, क्याम्बोडिया र थाइल्यान्डका नेताहरूसँगै दक्षिणपूर्वी एसियाली मुलुकहरूबीच ‘महान शान्ति सम्झौता’ हस्ताक्षर समारोहका साक्षी बन्ने तय भएको छ । उक्त सम्झौता जुलाई महिनामा भएको सीमावर्ती संघर्षपछि स्थायी समाधानका रूपमा गरिएको हो ।

थाइल्यान्ड र क्याम्बोडियाबीच सीमाको अस्पष्ट क्षेत्रका कारण विगत लामो समयदेखि विवाद रहँदै आएको थियो । जुलाईमा पाँच दिनसम्म चलेको झडपमा दुवै पक्षमा मानवीय क्षति र विस्थापन भएको थियो । त्यसपछिको मलेसियाको मध्यस्थतामा गरिएको युद्धविरामले दुवै पक्षबीच पुनः वार्ताको बाटो खोलेको थियो ।

सीमा निर्धारणमा प्रगति
हालै थाइल्यान्डको चान्थाबुरीमा सम्पन्न संयुक्त आयोगको बैठकले १५ सीमा स्तम्भ प्रतिस्थापन गर्ने र बाँकी भूभागको प्राविधिक सर्वेक्षण तत्काल अघि बढाउने निर्णय गरेको छ ।

थाइल्यान्डका परराष्ट्र मन्त्री सिहासाक फुआङ्गकेट्केओका अनुसार अब दुवै मुलुक ‘थाइल्यान्ड–क्याम्बोडिया सम्बन्ध घोषणा पत्र’ अन्तिम चरणमा पु¥याउने दिशामा छन् । क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेतले पनि संयुक्त वक्तव्य जारी गर्दै वार्ता “मैत्रीपूर्ण र सहयोगी वातावरणमा सम्पन्न भएको” बताएका छन् ।

चिनियाँ राष्ट्रपति सँग भेटवार्ता तय
ट्रम्पले आसियान सम्मेलनकै क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्ने तय भएको छ । जसले शिखर सम्मेलनलाई रणनीतिक दृष्टिले झन् महत्वपूर्ण बनाएको छ ।

सामाजिक सञ्जाल ट्रुथ सोसल मा ट्रम्पले लेखेका छन्, “म मलेसिया जाँदैछु, जहाँ मैले क्याम्बोडिया र थाइल्यान्डबीचको महान शान्ति सम्झौता साक्षी बन्नेछु । थाइल्यान्डकी महारानी आमाको निधनप्रति म दुःख व्यक्त गर्दछु ।

यो सम्झौता हाम्रो क्षेत्रीय शान्ति र एकताको ठूलो कदम हुनेछ ।” ट्रम्पको मलेसिया भ्रमणले अमेरिकाको दक्षिणपूर्वी एसियाली कूटनीतिक संलग्नता अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
एएनआई

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...