CG Electronics
IME Life
NIMB

गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

शिवराज। कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा लि मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अगाडि बढेको छ।

कम्पनीका अध्यक्ष श्री अर्जुन चौलागाईकै नेतृत्वमा यो नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको हो। श्री चौलागाईसँगै हाल अमेरिकामा १५ बर्ष देखि निर्माण र अन्य विभिन्न व्यवसायमा संलग्न रहनुभएका एनआरएन श्री विषम पाण्डे र नेपालमा विभिन्न पेशा र व्यवसायमा सक्रिय श्री शालिक पाठकले उद्योगमा नयाँ ऊर्जा, लगानी र दिगो सञ्चालनको दृष्टिकोणसहित सहकार्य थालेका छन्।

विगत केही वर्षदेखि सीमित मात्रामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई अब पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित कार्ययोजना अघि बढाइएको कम्पनीका अध्यक्ष चौलागाईले बताउनुभयो। उहाँका अनुसार कम्पनीले निकट भविष्यमा “विनायक”, “गणपति” लगायतका नँया सिमेन्टको ब्रान्ड उत्पादन गरी नेपालको प्रमुख–प्रमुख शहरहरूमा बजार विस्तार गर्ने तयारी गरिरहेको छ।

 

श्री चौलागाईले भन्नुभयो,
“नेपालमा निर्माण र पूर्वाधार विकासका क्षेत्रमा देखिएका चुनौतीबीच पनि हामीले गणपति सिमेन्टलाई पुनः सञ्चालनमा ल्याई देशको निर्माण क्षेत्रमा योगदान पुर्‍याउने दृढ संकल्प लिएका छौं। नयाँ लगानीकर्ता समूहको प्रवेशपछि कम्पनीले गुणस्तरीय उत्पादन, स्थायी रोजगारी सिर्जना र देशको निर्माण क्षेत्रको माग पूरा गर्न निरन्तर काम गर्नेछ।”

उद्योगको पुनः सञ्चालनसँगै कपिलवस्तु तथा आसपासका क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने, स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने र देशको निर्माण उद्योगमा स्वदेशी ब्रान्डको योगदान थप सशक्त हुने कम्पनीको विश्वास छ।

गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा लि ले भविष्यमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजनासमेत सार्वजनिक गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...