CG Electronics
IME Life
NIMB

शिवम सिमेन्टको ‘नो कम्प्रोमाइज’ अभियान अन्तर्गत जिम्मेवारीमाथि केन्द्रित चौथो भिडियो सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नेपालको अग्रणी सिमेन्ट कम्पनी शिवम सिमेन्टले आफ्नो चर्चित ब्राण्ड अभियान ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ अन्तर्गत चौथो भिडियो सार्वजनिक गरेको छ। यसपटक ‘जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज’ भन्ने नाराका साथ एक कर्तव्यनिष्ठ डाक्टरको कथालाई प्रस्तुत गरिएको छ।

सार्वजनिक भिडियोमा पारिवारिक भ्रमणमा निस्कन लागेका एक डाक्टरले अकस्मात आएको बिरामीको शल्यक्रियालाई प्राथमिकता दिएर आफ्नो जिम्मेवारी पूरा गरेको मार्मिक कथा देखाइएको छ। यसले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जिम्मेवारी पूरा गर्ने सन्देश दिएको छ।

यसअघि पनि कम्पनीले कर्तव्यनिष्ठ ट्राफिक प्रहरी, घरबेटी र भाडावालबीचको विश्वास, र समयको महत्वजस्ता विषयमा तीनवटा सफल भिडियोहरू सार्वजनिक गरिसकेको छ। “कर्तव्यको मामलामा,” “सर्तकताको मामलामा,” र “समयको मामलामा नो कम्प्रोमाइज” जस्ता सन्देशमूलक भिडियोहरूलाई दर्शकहरूले अत्यधिक रुचाएका थिए।

कम्पनीका अनुसार, यो अभियान केवल विज्ञापन नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ। “‘नो कम्प्रोमाइज भन्न जति सजिलो छ, त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सधैँ ठाडो हुन्छ'” भन्ने सन्देशमार्फत आफ्नो गुणस्तरप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ।

स्थापनाकालदेखि नै ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवमले गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिँदै आएको बताएको छ। “गुणस्तरको पहिचान हो शिवम्” र “भरोसा अटुट सम्बन्धको” जस्ता नाराहरूले आफ्नो ब्राण्डको मूल सिद्धान्तलाई दर्शाएको कम्पनीको भनाइ छ।

आफ्नो यही गुणस्तरप्रतिको प्रतिबद्धताका कारण शिवम सिमेन्ट ‘एनएस क्वालिटी अवार्ड २०१९’ बाट सम्मानित हुने नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको थियो।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...