CG Electronics
IME Life
NIMB

कृषि मन्त्री डा. मदन परियारद्वारा हेटौडा दुग्ध वितरण आयोजनाको अवलोकन, दुग्ध किसानलाई शीघ्र भुक्तानीका निर्देशन

NIMB
Himalayan Bank

मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले शुक्रबार हेटौडास्थित दुग्ध विकास संस्थान अन्तर्गतको दुग्ध वितरण आयोजनाको अवलोकन गर्नु भएको छ। अवलोकनका क्रममा मन्त्री परियारलाई दुग्ध विकास संस्थानका महाप्रबन्धक संजिव झा र हेटौडा दुग्ध वितरण आयोजनाका प्रमुख अन्जन अधिकारीले आयोजनाको कार्यप्रणाली, उत्पादन, बजार व्यवस्था तथा हालको आर्थिक अवस्थाबारे जानकारी गराएका थिए।

जानकारी अनुसार आयोजनाले मकवानपुर, बारा, रौतहट तथा सर्लाही जिल्लाबाट दूध संकलन गर्दै हेटौडा, नारायणगढ, वीरगंज, काठमाडौं उपत्यका, गोरखा र तनहुँमा दुग्ध तथा दुग्धजन्य वस्तुहरू आपूर्ति गर्दै आएको छ। आयोजनाले प्रशोधित दूध (स्ट्याण्डर्ड र होल), दही, फ्रेश मिल्क, मिठाई र आइसक्रिम लगायतका मुख्य उत्पादनहरू बजारमा आपूर्ति गर्दै आएको छ। फ्लस सिजनमा दैनिक १५–२० हजार लिटर र लिन सिजनमा ६–१० हजार लिटर दूध संकलन हुने गरेको छ। दैनिक खपत करिब ३५००–४५०० लिटर रहेकोमा प्रशोधित दूध २५०० लिटर, दही १००० लिटर, घ्यू ६०० लिटर र पनीर तथा अन्य दुग्धजन्य पदार्थ ५०० देखि १००० लिटरको हाराहारीमा रहेको छ।

संस्थानको दैनिक दूध होल्डिङ क्षमता २५ हजार लिटर रहेको छ। वार्षिक करिब रु. ३२ करोड बराबरको कच्चा दूध खरिद गरी सो रकम सिधै किसानहरूलाई भुक्तानी गर्ने माध्यमबाट ग्रामीण अर्थतन्त्र सुदृढ गर्न संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। आयोजनाले काठमाडौं दुग्ध वितरण आयोजनाको फिडर डेरीको रूपमा पनि कार्य गर्दै आएको छ। साथै, करिब दुई वर्षअघि बागमती प्रदेश सरकारद्वारा निर्माण गरिएको धुलो दूध कारखाना सञ्चालनमा ल्याइएपछि खपतभन्दा बढी दूधलाई धुलो दूध र मखनमा रूपान्तरण गरी बजार स्थिरता कायम राखिएको छ। हालसम्म सो कारखानाबाट ४०० मेट्रिक टन धुलो दूध र २०० मेट्रिक टन मखन उत्पादन गरी करिब ४४ लाख लिटर कच्चा दूधको व्यवस्थापन गरिएको छ।

छलफलका क्रममा मन्त्री डा. परियारले दुग्ध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्देशन दिँदै संस्थानका कर्मचारीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठी संस्थालाई सशक्त बनाउन आग्रह गर्नुभयो। उहाँले बजार व्यवस्थापन सुदृढ गर्न, उत्पादनमा विविधिकरण ल्याउन तथा वजारीकरणलाई व्यवस्थित बनाउने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी, मन्त्री परियारले आयोजनालाई नाफामा संचालन गर्ने रणनीति बनाउन, बढी संकलन भएको दूधको व्यवस्थापनका लागि दीर्घकालीन कार्ययोजना तयार गर्न र दूधको मूल्य निर्धारणमा स्पष्ट नीति अवलम्बन गर्न सुझाव दिनुभयो। उहाँले नेपाली दुग्ध किसान र उपभोक्ताबीच मूल्य स्थिरता कायम राख्न संस्थानले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिनुभयो।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...