CG Electronics
IME Life
NIMB

राष्ट्रिय कर दिवस २०८२ : सबैभन्दा धेरै कर तिर्ने संस्था–व्यक्तिहरू सम्मानित

NIMB
Himalayan Bank

 

काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा एक विशेष समारोहको आयोजना गर्दै विभागले उत्कृष्ट करदाता कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८०।०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको विभागले जनाएको छ। सबैभन्दा बढी कर तिर्ने व्यक्तिमा राजबहादुर शाह रहेका छन् ।

 

एकलौटी फर्महरुमा आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल सम्मानित भएको छ । वस्तु निर्माणको कारोबार गर्नेमा सबैभन्दा बढी आयकर दाखिला डाबर नेपालले गरेको छ ।

सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.,स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि. पर्यटन व्यवसाय गर्नेमा सोल्टी होटल लिमिटेड सम्मानित भएका छन्।

वस्तु व्यापारको कारोवार गर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले धेरै कर तिरेको छ ।

त्यस्तै वार्षिक कारोवार रकम ५० करोडभन्दा बढी १०० करोडसम्म कारोवार गर्ने करदातामा ब्रिडिएसएण्ड क्लियरिङ लि सम्मानित भएको छ। डमीमूलक उद्योगमा सबैभन्दा बढी आयकर दाखिला भोटेकोशी पावर कम्पनी प्रालिले गरेको विभागले जनाएको छ।

रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोवार गर्नेमा आईएमई लिमिटेड उत्कृष्ट करदाता बनेको विभागले जनाएको छ । निर्यात उद्योगहरुमध्ये अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गरेको छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...