CG Electronics
IME Life
NIMB

ओलीको करेसामा उभिएर झलनाथले भने- दुई तिहाईको सरकार लौरो न हतियार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ फागुन १२ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झालनाथ खनालले दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको बताएका छन्। आइतबार नेकपा धरानले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले स्थानीय, प्रदेश र केन्द्र सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए। उनले दुई तिहाईको सरकार लौरो न हतियार भन्दै कटाक्ष समेत गरे।

उनले देशका अधिकांश स्थानीय निकाय, ६ वटा प्रदेश र केन्द्र सरकारको काम चित्त बुझ्दो नहुनुमा पार्टी एकीकरणको ढिलाईको मुख्य कारण भएको बताए। उनले नेकपाको एकीकरण प्रक्रियाले सार्थक नपाएकै कारण पनि सरकार संचालनमा समस्या उत्पन्न भएको बताए।

उनले स्थानीय, प्रदेश र केन्द्र सरुकारको काम कारवाहीप्रति उठेका गुनासाको सम्बोधन गरी कम्युनिस्टको दुई तिहाईको सरकार नमुना बनाएर देशमा समाजवाद स्थापना गरेरै छाड्ने बताए।

ुपार्टी एकीकरणको सुरुमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले भूमिका खेल्नु भएको थियो। त्यसपछि बनाएको कार्यदलले समेत समयमा काम गर्न नसकेका कारण एकीकरण प्रक्रियामा ढिलाइ भएको नेता खनालले बताए।

उनले जिल्ला, नगर तहका कमिटी विघटन गर्नु गलत भएको पनि बताए।अहिले तल्लो तहका कमिटि विघटनले धेरै कार्यकर्ता भूमिकाविहीन भएकाले पार्टी काम अगाडि बढाउन कठिनाई भएकाले पार्टीको सचिवालय बैठकले चाँडै एकीकरण प्रक्रिया टुंगोमा पुर्‍याउने भन्दै खनालले कार्याकर्तालाई आश्वाशन दिएका छन्।

उनले कांग्रेस भ्रष्टचारीहरुको पार्टी भएको आरोप लगाएका छन्। उनले कांग्रेस कम्यिुनिस्टहरुको दुई तिहाईको सरकारदेखि तर्सिएर प्रतिपक्षको भूमिकाभन्दा बढी दुष्प्रचारमा लागेको आरोप लगाए। कांग्रेस राष्ट्रियता, सावभौमसत्ताको रक्षामा कमजोर देखिएकाले नेपाली जनताले कम्यिुनिस्टलाई सरकार संचालन गर्न दुई तिहाईको म्यान्डेट दिएको खनालको भनाई छ।

सोही कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले नेताहरुका गोजीका र आफ्नालाई कमिटीमा राख्न खोजेका कारण पार्टी एकतामा ढिलाई भएको बताए। उनले नेकपाका नेताहरु राम्रा मान्छेभन्दा हाम्रा मान्छेलाई अवसर प्रदान गर्न लालाहित भएका कारण पार्टीको तल्लो तहको एकीकरणमा ढिलाई भएको बताए।

उनले नेताहरुको कमजोरीका कारण भूगोलमा काम गर्ने साथीहरु कमिटीमा छुटेकाले उहाँहरुलाई अधिवेसनबाट जिम्मेवारी दिएर पार्टीको काममा लगाउने तयारी भैरहेको आचार्यको भनाइ छ। उनले पार्टी एकीकरण गर्दा खल्तीबाट नाम झिकेर र अनुहार हेरेर गर्ने प्रवृत्तिको अन्त्य भएमात्र पार्टी एकीकरणको सार्थक हुने बताए।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...