CG Electronics
IME Life
NIMB

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढी–पहिरो प्रभावितलाई न्यानो कपडा वितरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी–पहिरो प्रभावित नागरिकका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ। मंसिर १५ गते आयोजित बेग्लाबेग्लै कार्यक्रममार्फत सूर्योदय नगरपालिका र इलाम नगरपालिका का बाढी–पहिरो प्रभावित परिवारलाई न्यानो कपडा प्रदान गरिएको हो।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई तथा इलाम नगरपालिकाका मेयर केदार थापा लाई बैंकको तर्फबाट न्यानो कपडा हस्तान्तरण गरिएको हो। दुबै कार्यक्रमका क्रममा न्यानो कपडा सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्य ले हस्तान्तरण गरिन्।

बैंकका अनुसार सूर्योदय नगरपालिकाका विपद्ग्रस्त परिवारका लागि ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा तथा इलाम नगरपालिकाका प्रभावितका लागि १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा प्रदान गरिएको छ।

बैंकले आफ्नो स्थापना दिवसको अवसरमा इलामका बाढी–पहिरो प्रभावितलाई न्यानो कपडा वितरण गर्ने घोषणा अनुसार राहत सामग्री वितरण गरिएको हो।

१ सय ९ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउँदै आगामी दिनमा सेवाको दायरा थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...