CG Electronics
IME Life
NIMB

कांग्रेस विधान परिमार्जनसहित बहुमतले पारित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले महासमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक नीति प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले अहिले देशका केही स्थानमा भएका बम विष्फोटका घटनाको निन्दा गर्दै त्यसबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

घटनामा जीवन गुमाएका लमजुङका सिंहप्रसाद गुरुङको आत्माको चीर शान्तिको कामना गर्दै बैठकले स्व. गुरुङको परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन र सबै घाइतेको सम्पूर्ण उपचार निःशुल्क गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

‘एनसेलका कैयौँ टावरमा र्पुयाइएको क्षतिले केवल यो संस्थालाई मात्रै असर पुग्ने नभई राष्ट्रकै सम्पत्ति नष्ट हुने विषयप्रति गम्भीरता जरुरी छ, दशक लामो हिंसाबाट भर्खरै मुक्त भएर शान्तिपूर्ण ढङ्गले अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो बाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद् छ’, पार्टीका निर्णय सार्वजनिक गर्न प्रेषित विज्ञप्तिमा उल्लेख छ । बैठकले त्यस्ता घटनाप्रति सरकारलाई गम्भीर बनेर शान्ति सुरक्षा कायम गर्न ध्यानाकर्षण गराएको छ ।

विधेयकबारे ध्यानाकर्षण

कांग्रेसले संसदमा दर्ता भएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ का केही प्रावधानले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रालाई असर पार्ने भन्दै त्यसप्रति चासो व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालको प्रयोगमा रहेका कतिपय बेथिति नियन्त्रण गर्न राज्यले राख्नुपर्ने सतर्कताप्रति कसैको विमति हुन्न तर त्यसका नाममा सामाजिक सञ्जाललाई क्रमशः बन्देज लगाउने स्थितिप्रति कदापि समर्थन जनाउन सकिन्न, यो बैठक सो विधेयकका अनुदार प्रावधान सच्याउन सरकारलाई सचेत गराउन चाहन्छ ।’

बैठकले फौजदारी संहितामा रहेको प्रेसको स्वतन्त्रता कुण्ठीत गर्ने केही प्रावधान सच्याउन जारी रहेको काङ्ग्रेसको पूर्ववतः धारणा पुनः स्मरण गराउँदै सो संहितालाई संशोधन गरिनुपर्ने आवश्यकताप्रति गम्भीर हुन र संशोधन प्रक्रिया प्रारम्भ गर्नसमेत सरकारसँग माग गरेको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाँण, नवीन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, शङ्कर भण्डारी र गगनकुमार थापाले आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १४ गते बिहान ११ बजे पुनः बस्ने प्रवक्ता शर्माले जानकारी दिए ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...