CG Electronics
IME Life
NIMB

कीर्ते काण्डमा महालक्ष्मी बैंकका दुई जना यसरी परे पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, १३ फागुन । महालक्ष्मी विकास बैंकमा ऋण लिँदा गरिएकोे सरकारी दस्तखत कीर्ते काण्डका अभियुक्तमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकका कर्मचारी समेतको मिलेमतोमा इटहरीका एक जना व्यक्तिको जग्गा राखेर कीर्ते कागजातका आधारमा जग्गाधनीलाई नै प्रष्ट कुरा नभनी जग्गाको बैना रकम लिन आउनु भनेर होटलमा डोर बोलाएर उक्त नक्कली काम गरिएको स्रोतको दाबी छ ।

सुनसरीमा रहेको त्रिसन्ध्या खाद्य उद्योगका नाममा नक्कली शेयर लागत बनाएर ऋण प्रवाह गरिएको थियो । बैंकका कर्मचारी समेत संलग्न रहेको यो प्रकरणमा त्रिसन्ध्या खाद्य उद्योगका अध्यक्ष जितेन्द्र यादव र बिचौलियाको भूमिकामा रहेकी सुष्मा थापामगरलाई सुनसरीबाट पक्राउ गरिएको छ ।

यादव, त्रिसन्ध्या खाद्य उद्योगमा पीडित गीता दाहालको एक हजार थान शेयर रहेको भन्दै नक्कली शेयर प्रमाणपत्र बनाएर दाहालकै नाममा रहेको घर जग्गा राखेर डेड करोड ऋण दिलाइदिने ब्यक्ति हुन् भने सुष्मा एसओएस बालग्रामका फुटबल प्रशिक्षक तथा अर्का अभियुक्त शशी थापामगरका श्रीमती हुन् ।

बैकका कर्मचारी तथा अर्का बिचौलिया दीपक श्रेष्ठका साला सुदन श्रेष्ठलाई अमेरिका भगाइएको छ । त्यसैगरी ऋण विभागका कर्मचारीहरु जोगाउनका लागि डेपुटी सिइओ सागर शर्मा बिभिन्न शक्ति केन्द्रहरु धाइरहेका छन् ।

अहिले महानगरीय प्रहरी परिसर काठमाडौंले जितेन्द्र यादव, तेतरी देबी यादव (जितेन्द्र यादवको श्रीमती), जयनारायण मेहता, शशी थापामगर, सुष्मा थापामगर (शशी थापामगरको श्रीमती), काठमाडौंका दीपक श्रेष्ठ र सन्तोषमान सिंहलाई वारेन्ट काटेको थियो ।

स्मरण रहोस्, विवादास्पद व्यवसायी अजय सुमार्गीका भाइ अरुणराज सुमार्गीको अधिकांश शेयर रहेको महालक्ष्मी बैंकमा धेरै ऋण कर्मचारी र सञ्चालककै बदमासीका कारण जोखिममा छ । अरुण सुमार्गीले बैंकको अध्यक्ष केही समयअघि छाडेपछि उनीहरुकै परिवारको इच्छामा राजेश उपाध्याय अध्यक्ष भएका छन् । नेपाल राष्ट्रबैंकका अनुगमनमा खटिने कर्मचारीहरु नै भाइ, श्रीमती, साला–साली र आफन्तहरु बैंकमा जागिर लगाउन दबाब दिने र बिभिन्न फाइदा लिने हुँदा सर्वसाधारण जनताको अधिकांस शेयर रहेको बैंक जोखिममा छ ।

यसरी अनुगमन गर्ने नेपाल राष्ट्रबैंकका कर्मचारी समेतको आर्थिक र बिभिन्न लेनदेनमा मिलेमतो भएकै कारण अनुगमन बस्तुनिष्ट हुन सकेकोक छैन । एपेक्स डेभलपमेन्ट बैंक जस्तै राष्ट्र बैंकका कर्मचारी नै प्रभावमा परेकाले महालक्ष्मी बैंक जोखिममा छ ।

सरकारी छाप कीर्तेमा वारेन्ट जारी गरिएका दुई जनालाई पक्राउ गरिए पनि अन्य व्यक्ति भागिरहेका छन् । यो काण्डमा जितेन्द्रकी श्रीमती तेतरी देबीयादव, एसओएस बालग्राममा फुटबल प्रशिक्षकका रुपमा जागिरे शशीथापामगर लगायत फरार छन् । उनीहरुको खोजी जारी रहेको प्रहरी स्रोतले बताएको छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...