CG Electronics
IME Life
NIMB

सर्वसाधारणका लागि सालपा विकास बैंकको १४.३९ लाख कित्ता आईपीओ निष्कासन

NIMB
Himalayan Bank

 

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरिसकेको थियो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गरेको हो। यसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड गरिएको छ।

बाँकी शेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र २६ हजार ११९ कित्ता बैंकका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। त्यसपछि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरिएको बैंकले जनाएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन पुस २० गते बैंकिङ समयसम्म दिन सकिनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा पुस ३० गतेसम्म म्याद थप गरिनेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...