CG Electronics
IME Life
NIMB

यल नेवाः समाजको दोस्रो अधिवेशन सम्पन्न, नानिकाजी शाक्य अध्यक्षमा निर्वाचित

NIMB
Himalayan Bank

 

ललितपुर । यल नेवाः समाजको दोस्रो अधिवेशनले नानिकाजी शाक्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

ललितपुरका नेवाः समुदायभित्रका २१ जातीय समाजलाई एउटै संरचनामा समेट्ने उद्देश्यसहित स्थापित यल नेवाः समाजको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको हो। नवनिर्वाचित अध्यक्ष शाक्य शाक्य बौद्ध विहार संघबाट समाजमा प्रतिनिधित्व गर्नुहुन्छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा न्हुच्छेबहादुर नेम्कुल (स्यःस्यः समाज), महासचिवमा सञ्जयशर्मा राजोपाध्याय (राजोपाध्याय समाज), सचिवमा विष्णुलाल सिंकमी (सिकर्मी समाज) तथा सह–कोषाध्यक्षमा दिपेन्द्रराज शिल्पकार चयन हुनुभएको छ।
यसैगरी सदस्यहरूमा कर्माचार्य समाजबाट कृष्णदास कर्माचार्य, देउला समाजबाट प्रकाश देउला, जोशी समाजबाट दिपेशमान जोशी र नकर्मी समाजबाट भीमनारायण नकर्मी रहनुभएको छ।

समाजको विधानअनुसार निर्वतमान अध्यक्ष कार्यसमितिको सदस्य रहने प्रावधानअनुसार संस्थापक अध्यक्ष विनोद ताम्रकार पनि कार्यसमितिमा रहने समाजले जनाएको छ।

विशेषतः पाटनलाई मुख्य कार्यक्षेत्र बनाएर क्रियाशील विभिन्न जातीय समाजहरूको संस्थागत प्रतिनिधिमूलक संगठनका रूपमा यल नेवाः समाजको स्थापना एक वर्षअघि गरिएको हो। समाजमा कर्माचार्य, कपाली, खड्गी, चित्रकार, ज्यापू, जोशी, तण्डुकार, ताम्रकार, देउला, नकर्मी, नापित, बाद्यकार, बाराही, बौद्ध विहार संघ, रजक, रञ्जितकार, राजोपाध्याय, स्यःस्यः, सिकर्मी र शिल्पकार समाज आबद्ध छन्।

नेवाः समुदायभित्र जातीय घेरामा मात्र संगठित हुँदै गएको अवस्थालाई ध्यानमा राख्दै समयको मागअनुसार स्थापना भएको यस समाजले नेवाः समुदायभित्रको विविधतालाई समेटेर साझा मञ्च निर्माण गरेको धेरैको भनाइ छ। यसले नेवाः समुदायको समग्र हकहितका मुद्दा उठाउन सहयोग पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।

यसअघि पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा आयोजित एक समारोहमा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेन्द्र श्रेष्ठ, प्रदेश सांसद तथा पूर्वमन्त्री प्रेमभक्त महर्जन र प्रदेश सांसद रघुनाथ महर्जनले नेवाः समुदायबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो। मन्त्री श्रेष्ठले नेवाः समाजलाई अझ जीवन्त र क्रियाशील बनाउन प्रदेश सरकारबाट यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

समाजका संस्थापक अध्यक्ष विनोद ताम्रकारका अनुसार आफ्ना–आफ्ना जातीय संगठनमार्फत संरक्षण हुँदै आएका संस्कार, रीतिरिवाजलाई कायम राख्दै नेवाः समुदायको हकहित, नेपाल भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न एकीकृत रूपमा समन्वय गर्दै अघि बढ्ने उद्देश्यले समाज क्रियाशील छ।

नेपालभाषा मंका खलःको संयोजनमा भिन्तुना ¥याली, गुठी विधेयकविरुद्धको आन्दोलन तथा रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा भएका घटनाले नेवाः समुदायलाई जातीय सीमाभन्दा माथि उठेर सोच्न र सहकार्य गर्न प्रेरित गरेको अध्यक्ष ताम्रकारले बताउनुभयो।

“दलीय आस्था वा थर फरक भए पनि समग्र नेवाः समुदायको एकता र हकहितका लागि सबै जातीय समाजबीच सहकार्य र समन्वय आवश्यक छ,” उहाँले भन्नुभयो।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...